Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

९ कक्षा पढ्दै गरेका दुई बालक तीन महिनादेखि बेखबर


३२ जेठ, कैलाली । कैलालीमा दुई बालक तीन महिनादेखि बेपत्ता छन् । घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडको ९ कक्षामा अध्ययनरत दुई बालक एकै दिन बेपत्ता भएका हुन् । गत फागुन २५ गते सुखड बजारमा महोत्सव हेर्न गएका दुवै जना उक्त दिनदेखि लापत्ता भएको परिवारलाई उद्धृत गर्दै गोरखापत्रले लेखेको छ ।

कोहलपुर पञ्चमुखी एकेडेमी विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुशील बस्नेत र राष्ट्रिय माध्यमिक विद्यालय सुखडमा कक्षा ९ मा अध्ययनरत तपशील जोशी साथीसाथी हुन् । सुशीलको बुबा नवराज बस्नेतले पहिलासँगै पढ्ने साथी भए पनि छोरालाई कोहलपुर होस्टेलमा राखेपछि उनीहरूको बिदाको समयमा घर आएकोबेला भेट भएको जानकारी दिए । दुवैजना महोत्सव हेर्न सुखड गए पनि साँझ छोरा घर नफर्केको बस्नेतले जानकारी दिए ।

“एक दुई दिन त साथीकोमा गयो कि भन्ने भयो । कतै नगएको जानकारी नभएपछि दुई दिनपछि फागुन २७ गते इलाका प्रहरी कार्यालय सुखडमा हुलिया कटायौँ” बस्नेतले भने, ‘‘प्रहरीबाट पनि कुनै खबर आएन, तीन महिना भयो, कहाँ छन् भन्नेसम्म थाहा पाए पनि ढुक्क हुने थियौँ ।”

बेपत्ता भएका छोराहरू लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारले छोराको खोजी गरिदिन अनुरोध गर्दै आएका छन् । सुशीलको आमा सुनिता बस्नेतले रुँदै भने, “मेरो छोरा जहाँ जाँदा पनि मसंगै जाने, मेरोपछि लाग्ने गर्दथ्यो, एक्लै कहीँ कतै गएको थिएन, अहिले कहाँ कुन अवस्थामा छ, कुनै सङ्कटमा पो छ कि, सम्पर्कमा मात्र आइदिए पनि हामी ढुक्क हुने थियौँ ।”

घोडाघोडी नगरपालिकाका १ सुखडका धनराज जोशीका दुई छोरामध्ये तपशील जेठा छोरा हुन् भने नवराज बस्नेतका तीन छोरामध्ये सुशील माइला छोरा हुन् ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?