Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

अन्तरपालिका भलिबलको उपाधि अन्नपूर्णलाई


१ असार ,गण्डकी । कास्की जिल्ला अन्तरपालिका पुरूष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगितामा बिहीबार सम्पन्न फाइनल खेलमा अन्नपूर्णले माछापुच्‍छ्रे गाउँपालिकालाई ३–१ गोलअन्तरले हराउँदै उपाधि हात पारेको हो ।

फाइनल खेल पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको हो । उपाधिसँगै अन्नपूर्णले रु ६० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता माछापुच्‍छ्रेले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

यसैगरी रूपा गाउँपालिका ‘बी’लाई ३–० को सोझो सेटमा हराउँदै आयोजक पोखरा महानगरपालिकाको टोली तेस्रो भयो । महानगरको टोलीले रु ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

पोखरा महानगरपालिका भलिबल सङ्घको व्यवस्थापन तथा कास्की जिल्ला भलिबल सङ्घको सहयोगमा प्रतियोगिता आयोजना गरिएको उक्त प्रतियोगितामा अन्नपूर्णका सचिन नेपाली सर्वोत्कृष्ट खेलाडी, माछापुच्‍छ्रेका समीर गुरूङ उत्कृष्ट डिफेन्डर, पोखरा महानगरपालिकाका विजय परियार उत्कृष्ट स्पाइकर तथा अन्नपूर्णका हरिचन्द्र सुनार उत्कृष्ट प्रशिक्षक घोषित भए ।

उनीहरुलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । प्रतियोगितामा पोखरा महानगरपालिका, अन्नपूर्ण, मादी र रूपा गाउँपालिकाका दुई/दुई तथा माछापुच्‍छ्रेको एउटा टोली सहभागी थिए ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?