१ असार, काभ्रे । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा बनेपाको भैँसेपाटी क्षेत्रमा मध्यकालीन समयका पुरातात्विक वस्तु भेटिएका छन् । उक्त क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेका हुन् । पुरातात्विक वस्तु भेटिएपछि तत्कालै पुरातत्व विभागले डोजर लगाउने कार्य रोक्न
१ असार, झापा । झापा कचनकवलका गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अजमल मियालाई कुटपिट गरेर नाकको डाँडी भाँच्ने युवकलाई प्रहरीले पक्राउ गरेर प्रहरीले कारबाही अघि बढाएको बताइएको छ । बिहीबार बिहान वडाध्यक्ष मियालाई हेलमेटले हानेर नाकको डाँडी भाँचिदिने मेचीनगर ६ का विजय पनेरुलाई प्रहरीले पक्राउ गरेर कारबाही सुरु गरेको
१ असार, तनहुँ । व्यास नगरपालिका–१२ स्थित कमलबारी निवासी नौ वर्षीय छोरा किस्मत दरै आमाको काजकिरिया बसेका छन् । आमा शर्मिलाको २६ वर्षको उमेरमा मृत्यु भएपछि नाबालक छोरा विधिवतरूपमा काजकिरियामा बसेका हुन् । सुत्केरी गराउने क्रममा आमा शर्मिलाको पोखरास्थित गण्डकी अस्पतालमा मृत्यु भएपछि छोरा काजकिरियामा बसेका हुन् । मृतक दरैको बुधबार
१ असार, सुर्खेत । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ लागि आज बजेट प्रस्तुत गर्दै छ । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए । प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्नु पर्ने प्रावधान
१ असार ,बैतडी । बैतडीको दुर्गम सिगास गाउँपालिका–५ स्थित शारदा मावि ढुङ्गाडका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ । गएको दुई हप्तादेखि विद्यार्थी बेहोस हुने समस्या देखा परेको विद्यालयका प्रधानाध्यापक मीनबहादुर चन्दले बताए । विद्यार्थी रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्नेलगायत समस्या देखिएपछि पठनपाठन प्रभावित भएको छ ।
१ असार ,भक्तपुर । भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा परिचित सूर्यविनायक–८ डोलेश्वर मन्दिरबाट काठमाडौँको रत्नपार्कसम्म आजदेखि सार्वजनिक बस सेवा सुरु भएको छ । केदाननाथको शिरोभाग डोलेश्वर मन्दिरस्थित बसपार्कबाट बिहान ५ बजेदेखि काठमाडौँको रत्नपार्कसम्म सीधा सार्वजनिक बस सेबा सुरु भएको सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए । डोलेश्वरबाट
१ असार ,काठमाडौँ । नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा रु छ अर्ब रहेको छ । उक्त कोषको रकम विपद्जन्य घटनाको उद्धार, अस्थायी बसोबास, खाद्यान्न, आर्थिक सहायतलगायतमा खर्च हुन्छ । तोकिएका बाहेकको क्षेत्रमा यसको रकम खर्च गर्न नपाइने कानुनी व्यवस्था छ । कोषमा रहेको रु छ अर्ब तीन करोड १२ लाख
१ असार ,रामपुर (पाल्पा) । खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे । असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नपरेपछि बीउ राख्न समस्या भएको किसानले बताएका छन् । असार सुरु हुँदासमेत पानी नपर्दा बीउ राख्न समस्या भएको छ भने कतिपय
१ असार ,सिन्धुली । सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब
१ असार ,सिन्धुपाल्चोक । विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको दुई आज वर्ष पूरा भएको छ । असार १ र त्यसपछिका पटक पटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रका सयौँ घर र खेतियोग्य जमिन बगर बने भने हजारौँ नागरिक