Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित


१ असार ,बैतडी । बैतडीको दुर्गम सिगास गाउँपालिका–५ स्थित शारदा मावि ढुङ्गाडका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ ।

गएको दुई हप्तादेखि विद्यार्थी बेहोस हुने समस्या देखा परेको विद्यालयका प्रधानाध्यापक मीनबहादुर चन्दले बताए । विद्यार्थी रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्नेलगायत समस्या देखिएपछि पठनपाठन प्रभावित भएको छ । उनले भने, “विद्यार्थीमा रुने, कराउने र बेहोस हुने लक्षण देखापरेको छ, बढीजसो छात्रामा यो समस्या छ । विद्यालय समयमा यस्तो समस्या देखिएपछि पठनपाठन प्रभावित भएको छ ।”

पाँच वर्ष पहिला पनि सो विद्यालयका विद्यार्थीमा यस्तो समस्या देखिएको थियो । बिहानको समयमा लाइन लागेका बेला र कक्षा कोठामा छात्रा बेहोस भएर ढल्ने गरेका छन् । समस्याबारे सिगास गाउँपालिकालाई जानकारी गराइएको प्रधानाध्यापक चन्दको भनाइ छ ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले विद्यार्थी रुने, कराउने, काँप्ने, बेहोस हुनेलगायत समस्या मास हिस्टेरियाका कारण हुने गरेको बताए । उनले भने, “सुरुमा कुनै एक विद्यार्थीमा मास हिस्टेरिया भएको र त्यसपछि अरुमा पनि देखिएको हुनसक्छ । सुरुमा देखिएको विद्यार्थी पत्ता लगाएर उपचार गर्नसके समस्या समाधान हुन्छ ।”

विद्यार्थीमा यस्तो समस्या देखिए केही दिनका लागि विद्यालय बन्द गर्न जिल्ला अस्पतालका प्रमुख डाक्टर दीपेश श्रेष्ठले सुझाव दिए । उनले भने, “सुरुमा एक विद्यार्थीमा यस्तो समस्या देखिने र विस्तारै अरुमा पनि लक्षण देखिन थाल्छ, विद्यालय बन्द गरेर नियन्त्रण गर्न सकिन्छ ।”


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?