Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आज सुदूरपश्चिम प्रदेशको बजेट प्रस्तुत हुँदै


१ असार, सुर्खेत । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ लागि आज बजेट प्रस्तुत गर्दै छ ।

आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए । प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्नु पर्ने प्रावधान रहेको छ ।

यस वर्ष सङ्घीय सरकारबाट पाउने अनुदान र राजस्व सङ्कलन कम भएकाले प्रदेश सरकारको बजेटको आकार घट्ने सम्भावना रहेको छ । चालु आर्थिक वर्षको बजेटको तुलनामा झन्डै साढे पाँच अर्ब बजेट घटेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षको लागि ३० देखि ३२ अर्बको हाराहारीमा बजेट आउन सक्ने सम्भावना रहेको बताइएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपियाँ बजेट ल्याएको थियो ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?