Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

आज सुदूरपश्चिम प्रदेशको बजेट प्रस्तुत हुँदै


१ असार, सुर्खेत । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ लागि आज बजेट प्रस्तुत गर्दै छ ।

आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए । प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्नु पर्ने प्रावधान रहेको छ ।

यस वर्ष सङ्घीय सरकारबाट पाउने अनुदान र राजस्व सङ्कलन कम भएकाले प्रदेश सरकारको बजेटको आकार घट्ने सम्भावना रहेको छ । चालु आर्थिक वर्षको बजेटको तुलनामा झन्डै साढे पाँच अर्ब बजेट घटेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षको लागि ३० देखि ३२ अर्बको हाराहारीमा बजेट आउन सक्ने सम्भावना रहेको बताइएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपियाँ बजेट ल्याएको थियो ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?