Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

९ वर्षीय नाबालक बसे आमाको काजकिरियामा


१ असार, तनहुँ । व्यास नगरपालिका–१२ स्थित कमलबारी निवासी नौ वर्षीय छोरा किस्मत दरै आमाको काजकिरिया बसेका छन् । आमा शर्मिलाको २६ वर्षको उमेरमा मृत्यु भएपछि नाबालक छोरा विधिवतरूपमा काजकिरियामा बसेका हुन् ।

सुत्केरी गराउने क्रममा आमा शर्मिलाको पोखरास्थित गण्डकी अस्पतालमा मृत्यु भएपछि छोरा काजकिरियामा बसेका हुन् । मृतक दरैको बुधबार दमौलीस्थित छाब्दी दोभानघाटमा जातीय पराम्पराअनुरुप अन्त्येष्टि गरिएको हो ।

जेठ २८ गते दमौली अस्पतालमा उपचारका लागि लगे पनि सम्बन्धित चिकित्सक नभएको जानकारी पाएपछि देउरानीलाई पोखरा लगिएको मृतककी जेठानी निरु पौडेल दरैले जानकारी दिए । उपचारका क्रममा नवजात शिशुलाई बचाउन नसकेपछि आमालाई बचाउन चिकित्सकले भने अनुरुप पाठेघरसमेत फयाँक्दा पनि बचाउन नसकिएको उनले दुःखसो पोखे ।

अस्पतालका चिकित्सकको लापरवाहीका कारण महिला र शिशु दुवैको मृत्यु भएको भन्दै मृतकका आफन्तले केही दिनसम्म शव बुझ्न मानेका थिएनन् । शव नबुझेपछि पीडित पक्ष र अस्पतालका चिकित्सकबीच द्विपक्षीय छलफल भएको थियो ।

छलफलका क्रममा मृतकका छोरा नौ वर्षीय किस्मतको जीवनभर स्वास्थ्योपचारमा छुट दिने सहमति भएको मृतककी हजुरबुवा चीजबहादुर दरैले जानकारी दिए । अस्पतालले मृतक महिलाको शव दमौली घाटसम्म निःशुल्करूपमा ल्याइदिन सहयोग गरेको उनले बताए ।

“नसोचेको दुःखद् घट्ना हुन पुग्यो”, उनले भने, “न त आमा रह्यो न त शिशुलाई नै बचाउन सकियो, जस्तो परे पनि सहनुबाहेक अरु केही भएन ।”


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?