Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

९ वर्षीय नाबालक बसे आमाको काजकिरियामा


१ असार, तनहुँ । व्यास नगरपालिका–१२ स्थित कमलबारी निवासी नौ वर्षीय छोरा किस्मत दरै आमाको काजकिरिया बसेका छन् । आमा शर्मिलाको २६ वर्षको उमेरमा मृत्यु भएपछि नाबालक छोरा विधिवतरूपमा काजकिरियामा बसेका हुन् ।

सुत्केरी गराउने क्रममा आमा शर्मिलाको पोखरास्थित गण्डकी अस्पतालमा मृत्यु भएपछि छोरा काजकिरियामा बसेका हुन् । मृतक दरैको बुधबार दमौलीस्थित छाब्दी दोभानघाटमा जातीय पराम्पराअनुरुप अन्त्येष्टि गरिएको हो ।

जेठ २८ गते दमौली अस्पतालमा उपचारका लागि लगे पनि सम्बन्धित चिकित्सक नभएको जानकारी पाएपछि देउरानीलाई पोखरा लगिएको मृतककी जेठानी निरु पौडेल दरैले जानकारी दिए । उपचारका क्रममा नवजात शिशुलाई बचाउन नसकेपछि आमालाई बचाउन चिकित्सकले भने अनुरुप पाठेघरसमेत फयाँक्दा पनि बचाउन नसकिएको उनले दुःखसो पोखे ।

अस्पतालका चिकित्सकको लापरवाहीका कारण महिला र शिशु दुवैको मृत्यु भएको भन्दै मृतकका आफन्तले केही दिनसम्म शव बुझ्न मानेका थिएनन् । शव नबुझेपछि पीडित पक्ष र अस्पतालका चिकित्सकबीच द्विपक्षीय छलफल भएको थियो ।

छलफलका क्रममा मृतकका छोरा नौ वर्षीय किस्मतको जीवनभर स्वास्थ्योपचारमा छुट दिने सहमति भएको मृतककी हजुरबुवा चीजबहादुर दरैले जानकारी दिए । अस्पतालले मृतक महिलाको शव दमौली घाटसम्म निःशुल्करूपमा ल्याइदिन सहयोग गरेको उनले बताए ।

“नसोचेको दुःखद् घट्ना हुन पुग्यो”, उनले भने, “न त आमा रह्यो न त शिशुलाई नै बचाउन सकियो, जस्तो परे पनि सहनुबाहेक अरु केही भएन ।”


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?