५ ,भाद्र ,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मतदान गर्न संविधानले दिएको अधिकारलाई कसैले पनि खोस्न नहुने बताएका छन् । कोशी प्रदेशसभामा हिजो विश्वासको मत लिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रदेश सरकारले संविधान एवं विधानसम्मत नै विश्वासको मत प्राप्त गरेको प्रतिक्रिया दिए । मुख्यमन्त्री थापाले हिजोको बैठकले प्रदेशसभाको औचित्य
५ ,भाद्र ,तुलसीपुर (दाङ) । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनि दैनिक विद्यालय जान्छन् । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ । उनले पनातिसमेत
५ ,भाद्र ,गण्डकी । गण्डकी प्रदेशको भौतिक पूर्वाधार र यातायात क्षेत्रमा सुधारको प्रयास थालिएको छ । समस्यामा रहेका आयोजनालाई गति दिनेदेखि सेवा प्रवाहलाई चुस्त पार्न प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय लागिपरेको हो । बजेट निर्माणमा टुक्रे साना र टुक्रे योजना कटौती गरेको सो मन्त्रालय अहिले रुग्ण आयोजनाको
४ ,भाद्र ,जानकी (बाँके) । बाँकेको राप्तिसोनारी गाउँपालिका–८ बालापुरबाट अजिङ्गरको उद्धार गरिएको छ । स्थानीयवासी लौटन चौधरीको घरको आँगनबाट आज करिब १० फिट लम्बाइ भएको १२ केजी तौलको अजिङ्गर उद्धार गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहले जानकारी दिए । उनका अनुसार स्थानीयवासी चौधरीको घरको आँगनबाट खेतबारीमा जाँदै
४ ,भाद्र ,जाजरकोट । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशमा छ महिनाभित्र १३२ केभी प्रशारण लाइन जोडिने बताएका छन् । कर्णाली प्रदेशको सुर्खेतमा नेकपा (माओवादी केन्द्र) ले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले कर्णालीमा विद्युतीकरणका लागि १४ अर्बको ठेक्का लागेको बताए । विद्युत् नपुगेका ठाउँमा सौर्य मिनिग्रेटमार्फत उज्यालो पुर्याउने काममा मन्त्रालय
४ ,भाद्र ,विराटनगर । कोशी प्रदेशसभाको बैठक आज अपराह्न ३ बजेदेखि जारी छ । प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएका छन् । सो प्रस्तावको पक्षमा नेपाली कांग्रेसका हिमाल कार्की, नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रकुमार राई, नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बोले धारणा राख्दै प्रदेशको राजनीतिक
४ भदाै, सल्यान । रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबाहक हाइस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ । दुर्घटनामा परी अन्य १३ जना घाइते भएका छन्
४ भदाै, कर्णाली । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली मुलुक समृद्धिको मुहान बन्नसक्ने बताएका छन् । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कर्णालीको जल, जमिन, पर्यटन, जडीबुटी, भेषभुषा, भाषा संस्कृतिमा अपार सम्भावना रहेको भन्दै मुलुक समृद्धिको मुहान
४ भदाै, भक्तपुर । बाल सुधार गृहबाट डेढ सयभन्दा बढी थुनुवा भागेका छन् । भक्तपुरको सानो ठिमीस्थित बालसुधार गृहबाट विभिन्न अपराधमा मुछिएका डेढ सयभन्दा बढी थुनुवा भागेका हुन् । प्रहरीले दिएको जानकारी अनुसार भाला, छुरी लिएर आएका केही व्यक्तिले डेढ सयजनाभन्दा बढी कैदीलाई पछाडिको ढोका फोडेर भगाएका हुन् । उक्त क्रममा
४ भदाै, बाँके । सोमबार बिहानबाट परेको अविरल वर्षाका कारण बाँकेको कोहलपुर नगरपालिकाको अधिकांश भागमा पानी भरिएर डुबान भएको छ । पानी भरिएर नगरपालिकाको वडा ११ गोलपार्क क्षेत्रलगायत वडा १, २, १४, ८, ९ र १० मा डुबान भएको नगरपालिकाले जनाएको छ । कोहलपुरको मुख्यबजार दसबिघा क्षेत्र र गोलपार्क क्षेत्रमा