Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कोहलपुर जलमग्न, अधिकांश बस्ती डुबे


४ भदाै, बाँके । सोमबार बिहानबाट परेको अविरल वर्षाका कारण बाँकेको कोहलपुर नगरपालिकाको अधिकांश भागमा पानी भरिएर डुबान भएको छ । पानी भरिएर नगरपालिकाको वडा ११ गोलपार्क क्षेत्रलगायत वडा १, २, १४, ८, ९ र १० मा डुबान भएको नगरपालिकाले जनाएको छ ।

कोहलपुरको मुख्यबजार दसबिघा क्षेत्र र गोलपार्क क्षेत्रमा डुबान हुँदा स्थानीयलाई आवागमनमा सास्ती भएको छ । स्थानीय विकल भट्टराईका अनुसार कोहलपुर नगरपालिकाले निर्माण गरेका नाला तथा नालीको सफाइ नगरिएका कारण मुख्य बजारसहित अधिकांश टोलहरु डुबानमा परेको हो ।

उनले केही घण्टाको पानीमा नगर डुबानमा पर्नु भनेको निकै गम्भीर कुरा भएको जनाउँदै पानी निकासको तत्काल व्यवस्था मिलाउनुपर्ने बताए । डुडुवा खोला वरिपरिका बस्तीहरु पनि डुबानमा परेका छन् । कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले सोमवार बिहानैबाट नगरपालिकाका नगर प्रहरीहरु पानीको निकास खोल्न सक्रिय रहेको बताए ।

उनले डुबान भएका क्षेत्रहरुको निरीक्षण र अनुगमन गर्ने कार्य भइरहेको जनाउँदै जम्मा भएको पानी धेरै बेरसम्म नटिक्ने हुँदा ठूलो समस्या नहुने बताए । पानीको निकासका लागि नगरपालिकाले निरन्तर काम गर्दैआएको पनि नगरप्रमुख आचार्यले बताए ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?