Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

कोहलपुर जलमग्न, अधिकांश बस्ती डुबे


४ भदाै, बाँके । सोमबार बिहानबाट परेको अविरल वर्षाका कारण बाँकेको कोहलपुर नगरपालिकाको अधिकांश भागमा पानी भरिएर डुबान भएको छ । पानी भरिएर नगरपालिकाको वडा ११ गोलपार्क क्षेत्रलगायत वडा १, २, १४, ८, ९ र १० मा डुबान भएको नगरपालिकाले जनाएको छ ।

कोहलपुरको मुख्यबजार दसबिघा क्षेत्र र गोलपार्क क्षेत्रमा डुबान हुँदा स्थानीयलाई आवागमनमा सास्ती भएको छ । स्थानीय विकल भट्टराईका अनुसार कोहलपुर नगरपालिकाले निर्माण गरेका नाला तथा नालीको सफाइ नगरिएका कारण मुख्य बजारसहित अधिकांश टोलहरु डुबानमा परेको हो ।

उनले केही घण्टाको पानीमा नगर डुबानमा पर्नु भनेको निकै गम्भीर कुरा भएको जनाउँदै पानी निकासको तत्काल व्यवस्था मिलाउनुपर्ने बताए । डुडुवा खोला वरिपरिका बस्तीहरु पनि डुबानमा परेका छन् । कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले सोमवार बिहानैबाट नगरपालिकाका नगर प्रहरीहरु पानीको निकास खोल्न सक्रिय रहेको बताए ।

उनले डुबान भएका क्षेत्रहरुको निरीक्षण र अनुगमन गर्ने कार्य भइरहेको जनाउँदै जम्मा भएको पानी धेरै बेरसम्म नटिक्ने हुँदा ठूलो समस्या नहुने बताए । पानीको निकासका लागि नगरपालिकाले निरन्तर काम गर्दैआएको पनि नगरप्रमुख आचार्यले बताए ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?