Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

घरको आँगनबाट अजिङ्गर उद्धार


४ ,भाद्र ,जानकी (बाँके) । बाँकेको राप्तिसोनारी गाउँपालिका–८ बालापुरबाट अजिङ्गरको उद्धार गरिएको छ ।

स्थानीयवासी लौटन चौधरीको घरको आँगनबाट आज करिब १० फिट लम्बाइ भएको १२ केजी तौलको अजिङ्गर उद्धार गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहले जानकारी दिए ।

उनका अनुसार स्थानीयवासी चौधरीको घरको आँगनबाट खेतबारीमा जाँदै गरेको अजिङ्गरलाई निकुञ्जमा कार्यरत गेम स्काउट गोपालजङ्ग चन्दले जीवितै उद्धार गरेर निकुञ्जको कोर क्षेत्रमा छाडिएको छ ।

“हामीले उद्धार गर्ने अजिङ्गरलाई निकुञ्जको कोर क्षेत्रमा छाड्ने गर्दछौँ । आज उद्धार गरिएको अजिङ्गरलाई पनि उद्धार टोलीले सोही क्षेत्रमा छाडेको छ”, उनले भने, “बाँकेको अन्य क्षेत्रमा अजिङ्गर फेला परे पनि वडा नं ८ मा रहेका गाउँहरू निकुञ्जसँग जोडिएकाले यहाँ प्राय अजिङ्गर भेटिन्छन् ।”

यो आर्थिक वर्षको साउनदेखि भदौसम्ममा सोही वडाको खल्लागाउँ, ओभरी, शम्शेरगञ्ज र बालापुर गरी चार वटा गाउँबाट अजिङ्गरको उद्धार गरिएको अधिकृत शाहले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा १२ विभिन्न स्थानबाट १२ अजिङ्गरको उद्धार गरिएको थियो ।

बाँके राष्ट्रिय निकुञ्जमा सर्प उद्धारका लागि तालिम प्राप्त व्यक्ति नभए पनि विगत आठ/नौ वर्षदेखि काम गरेको अनुभवकै आधारमा गेम स्काउट गोपालजङ्ग चन्दले नै सर्पको उद्धार गर्दै आइरहेका छन् ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?