Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

घरको आँगनबाट अजिङ्गर उद्धार


४ ,भाद्र ,जानकी (बाँके) । बाँकेको राप्तिसोनारी गाउँपालिका–८ बालापुरबाट अजिङ्गरको उद्धार गरिएको छ ।

स्थानीयवासी लौटन चौधरीको घरको आँगनबाट आज करिब १० फिट लम्बाइ भएको १२ केजी तौलको अजिङ्गर उद्धार गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहले जानकारी दिए ।

उनका अनुसार स्थानीयवासी चौधरीको घरको आँगनबाट खेतबारीमा जाँदै गरेको अजिङ्गरलाई निकुञ्जमा कार्यरत गेम स्काउट गोपालजङ्ग चन्दले जीवितै उद्धार गरेर निकुञ्जको कोर क्षेत्रमा छाडिएको छ ।

“हामीले उद्धार गर्ने अजिङ्गरलाई निकुञ्जको कोर क्षेत्रमा छाड्ने गर्दछौँ । आज उद्धार गरिएको अजिङ्गरलाई पनि उद्धार टोलीले सोही क्षेत्रमा छाडेको छ”, उनले भने, “बाँकेको अन्य क्षेत्रमा अजिङ्गर फेला परे पनि वडा नं ८ मा रहेका गाउँहरू निकुञ्जसँग जोडिएकाले यहाँ प्राय अजिङ्गर भेटिन्छन् ।”

यो आर्थिक वर्षको साउनदेखि भदौसम्ममा सोही वडाको खल्लागाउँ, ओभरी, शम्शेरगञ्ज र बालापुर गरी चार वटा गाउँबाट अजिङ्गरको उद्धार गरिएको अधिकृत शाहले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा १२ विभिन्न स्थानबाट १२ अजिङ्गरको उद्धार गरिएको थियो ।

बाँके राष्ट्रिय निकुञ्जमा सर्प उद्धारका लागि तालिम प्राप्त व्यक्ति नभए पनि विगत आठ/नौ वर्षदेखि काम गरेको अनुभवकै आधारमा गेम स्काउट गोपालजङ्ग चन्दले नै सर्पको उद्धार गर्दै आइरहेका छन् ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?