Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कोशी प्रदेश सरकारले विश्वासको मत लिँदै


४ ,भाद्र ,विराटनगर । कोशी प्रदेशसभाको बैठक आज अपराह्न ३ बजेदेखि जारी छ ।

प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएका छन् ।

सो प्रस्तावको पक्षमा नेपाली कांग्रेसका हिमाल कार्की, नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रकुमार राई, नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बोले धारणा राख्दै प्रदेशको राजनीतिक स्थिरता र विकासका लागि थापा सरकारलाई समर्थन गरेको बताए ।

उता नेकपा (एमाले) संसदीय दलका तर्फबाट रेवतीरमण भण्डारीले सरकार गैरकानूनी र गैरसंवैधानिक भएकाले विश्वासको मत नदिने धारणा राखेका थिए ।

छलफलमा उठेका विषयमा जवाफ दिँदै मुख्यमन्त्री थापाले आफूले सहमति गरेर नै अघि बढ्ने विश्वास व्यक्त गरे ।

उनले सरकारले जनताका आवश्यकतामा विशेष काम गर्ने बताए ।

मुख्यमन्त्री थापाले आफू सदैव सहमति र सहकार्यका पक्षमा रहेको भन्दै विश्वासको मतका पक्षमा मतदान गर्न आह्वान गरे ।

हाल सभामा मत विभाजन गरी विश्वासको मतको पक्ष र विपक्षमा मतदान सुरु हुन गइरहेको छ ।

प्रदेशसभा सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने नेपालको संविधानबमोजिम प्रदेश सरकार गठन भएको २० दिनपछि मुख्यमन्त्री थापाले विश्वासको मत लिन लागेका हुन् ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?