Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

संविधानले दिएको अधिकार कसैले खोस्न हुन्न : मुख्यमन्त्री थापा


५ ,भाद्र ,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मतदान गर्न संविधानले दिएको अधिकारलाई कसैले पनि खोस्न नहुने बताएका छन् ।

कोशी प्रदेशसभामा हिजो विश्वासको मत लिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रदेश सरकारले संविधान एवं विधानसम्मत नै विश्वासको मत प्राप्त गरेको प्रतिक्रिया दिए ।

मुख्यमन्त्री थापाले हिजोको बैठकले प्रदेशसभाको औचित्य सावित गरेको भन्दै सभाअध्यक्षको भूमिका निर्वाह गरेका इस्राइल मन्सुरीले संवैधानिक अधिकार प्रयोग गरी विश्वासको मतको पक्षमा मतदान गरेको जिकिर गरे ।

उपसभामुख सिर्जना दनुवारले तोकेको व्यक्तिबाट सभा सञ्चालन गर्नुपर्ने स्थिति सिर्जना हुनु प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को साजिश भएको टिप्पणी गरिन् ।

उनले यो सरकार विश्वासको मत लिइसकेपछि पूर्ण स्वरुपमा तीव्र गतिमा काम गर्ने दाबी गरिन् ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?