Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

संविधानले दिएको अधिकार कसैले खोस्न हुन्न : मुख्यमन्त्री थापा


५ ,भाद्र ,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मतदान गर्न संविधानले दिएको अधिकारलाई कसैले पनि खोस्न नहुने बताएका छन् ।

कोशी प्रदेशसभामा हिजो विश्वासको मत लिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रदेश सरकारले संविधान एवं विधानसम्मत नै विश्वासको मत प्राप्त गरेको प्रतिक्रिया दिए ।

मुख्यमन्त्री थापाले हिजोको बैठकले प्रदेशसभाको औचित्य सावित गरेको भन्दै सभाअध्यक्षको भूमिका निर्वाह गरेका इस्राइल मन्सुरीले संवैधानिक अधिकार प्रयोग गरी विश्वासको मतको पक्षमा मतदान गरेको जिकिर गरे ।

उपसभामुख सिर्जना दनुवारले तोकेको व्यक्तिबाट सभा सञ्चालन गर्नुपर्ने स्थिति सिर्जना हुनु प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को साजिश भएको टिप्पणी गरिन् ।

उनले यो सरकार विश्वासको मत लिइसकेपछि पूर्ण स्वरुपमा तीव्र गतिमा काम गर्ने दाबी गरिन् ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?