Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

कर्णालीमा १३२ केभी प्रशारण लाइन जोडिने छ : मन्त्री बस्नेत


४ ,भाद्र ,जाजरकोट । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशमा छ महिनाभित्र १३२ केभी प्रशारण लाइन जोडिने बताएका छन् ।

कर्णाली प्रदेशको सुर्खेतमा नेकपा (माओवादी केन्द्र) ले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले कर्णालीमा विद्युतीकरणका लागि १४ अर्बको ठेक्का लागेको बताए ।

विद्युत् नपुगेका ठाउँमा सौर्य मिनिग्रेटमार्फत उज्यालो पुर्‍याउने काममा मन्त्रालय जुटेको उनले जानकारी दिए ।

मन्त्री बस्नेतका अनुसार दुई वर्षभित्र कर्णालीका सिँचाइ योग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

उनले दुई वर्षभित्र कर्णाली भरी विद्युतीकरणको काम पूरा गर्ने दाबी गरे ।

मन्त्री बस्नेतले पार्टीलाई श्रम र उत्पादनमा जोड्नका लागि सबै एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?