Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

प्रदेश समाचार


समर्थन फिर्ता लिँदै स्वास्थ्यमन्त्री लिम्बूले दिइन् राजीनामा

१८ जेठ, विराटनगर । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले आज आफ्नो पदबाट राजीनामा दिएकी छन् । साथै उनले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकी छन् । जनता समाजवादी पार्टी (जसपा) प्रदेश समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले मुख्यमन्त्री कार्यालयमा राजीनामा एवं सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गरेको जानकारी गराइन्

चितवनको ३ हजार २६० बिघा क्षेत्रफलमा पुग्यो सिँचाइ

१९ जेठ, चितवन । चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले जिल्लाका तीन हजार दुई सय ६० बिघा क्षेत्रफलमा सिँचाइ पुर्याएको छ । जिल्लामा सिँचाइ अभावका कारण बाँझो रहेका जमिनलाई लक्षित गर्दै सिँचाइका कार्यक्रम लागू भएको तीन वर्ष पूरा हुनलाग्दा सो क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको हो । आर्थिक वर्ष २०७७÷७८ मा स्थापना भएको

रसुवामा निर्वाचनसम्बन्धी सुझाव सङ्कलन

१८ जेठ, रसुवा । विगतको त्रुटि सुधार गर्दै आगामी दिनमा हुने सबै तहका निर्वाचनलाई थप व्यवस्थित पार्न रसुवामा सुझाव सङ्कलन गरिएको छ । रसुवाको भौगोलिक विकटताले केही स्थानमा मतदान केन्द्र टाढा हुँदा उनीहरुले भोग्नुपरेका समस्या, ज्येष्ठ नागरिकलाई परेको असुविधा, मतदाता नामावलीमा नयाँ नाम दर्ता, दोहोरोपना तथा मृत्यु भएकाको नाम हटाउनेजस्ता

बलेवा विमानस्थल : जहाज चढ्न कहिले पाइने टुङ्गो छैन

१८ जेठ, बागलुङ । बागलुङ बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो । धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन । विसं २०२२ मा स्थानीयले श्रमदान गरी तयार गरेको विमानस्थल २०४८ सालसम्म सञ्चालनमा थियो ।

जनशक्ति अभावबीच सेवा प्रवाह गर्दै मेथिनकोट अस्पताल

१८ जेष्ठ ,काठमाडौँ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभावका कारण सेवा विस्तार गर्न समस्या भएको छ । विपी राजमार्गको छेउमा रहेको जिल्लाको ग्रामीण भेगका नागरिकले सेवा प्राप्त गर्ने एकमात्र सरकारी अस्पताल मेथिनकोट अस्पताल अभावकै बीच पनि सेवा प्रवाह गरिरहेको छ ।

दन्त क्लिनिक दर्ताबिना सञ्चालन

१८ जेष्ठ ,बलेवा । सत्र वर्षअघि बागलुङ बजारमा दाँतको उपचार गर्ने निजी क्लिनिक सञ्चालनमा आउँदा धेरैलाई क्लिनिक कहाँ दर्ता हुन्छ भन्ने थाहा थिएन । बागलुङका अशोककुमार श्रेष्ठले ‘अशोक डेन्टल केयर सेन्टर’ स्थापना गरे । प्रक्रिया पूरा गर्न उहाँ दर्ताका लागि कयौँ ठाउँ धाए । कसैले घरेलुमा दर्ता गर्न सुझाए त

बजेटमा सुदूरपश्चिम : स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि सुक्खा बन्दरगाहसम्म

१८ जेष्ठ ,महेन्द्रनगर । सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सार्वजनिक गरेको बजेटमा सुदूरपश्चिमका महत्वपूर्ण आयोजना तथा कार्यक्रम समेटिएका छन् । कञ्चनपुरको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने सरकारले बजेटमार्फत उक्त विषयलाई सम्बोधन गरेको छ । एकीकृत जाँचचौकी, सुक्खा बन्दरगाह, कन्टेर यार्ड निर्माण, प्रयोगशाला स्तरोन्नतिलगायत व्यापार पूर्वाधार निर्माण

झापामा गर्मी बढेपछि विद्यालय बन्द

१८ जेष्ठ ,झापा । झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । दुवै गाउँपालिकाले यसबारे सूचना जारी गरेका छन् । कचनकवलले आजदेखि जेठ २२ गतेसम्म पाँच दिनका

छ पटक म्याद थप्दा पनि स्वास्थ्यचौकी अधुरै

१८ जेष्ठ ,खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तास्थित स्वास्थ्यचौकी भवन छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।निर्माण थालेको आठ वर्ष वित्दा पनि भवन अधुरै छ । विसं २०७४ कात्तिक २० भित्र सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो ।

वन्यजन्तुसम्बन्धी कसुरमा दुई जना पक्राउ

१८ जेष्ठ ,चितवन । चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चेपाङलाई यही जेठ १३ गते सौराहाबाट र प्रजालाई जेठ १४ गते घरबाटै

सम्वन्धित समाचारहरु