Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

दन्त क्लिनिक दर्ताबिना सञ्चालन


१८ जेष्ठ ,बलेवा । सत्र वर्षअघि बागलुङ बजारमा दाँतको उपचार गर्ने निजी क्लिनिक सञ्चालनमा आउँदा धेरैलाई क्लिनिक कहाँ दर्ता हुन्छ भन्ने थाहा थिएन । बागलुङका अशोककुमार श्रेष्ठले ‘अशोक डेन्टल केयर सेन्टर’ स्थापना गरे । प्रक्रिया पूरा गर्न उहाँ दर्ताका लागि कयौँ ठाउँ धाए । कसैले घरेलुमा दर्ता गर्न सुझाए त कतिपयले बागलुङ नगरपालिकामा ।

श्रेष्ठले तत्कालीन कानुनी व्यवस्थाअनुसार क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा दर्ता गरेर केयर सेन्टर सञ्चालन गरे । पछिल्लो दुई दशकको अवधिमा बागलुङ बजारमा मात्रै दर्जन बढी दाँतको उपचार गर्ने क्लिनिक खुलेका छन् । तर नवीकरण भने भएका छैनन् । पहिले क्षेत्रीय निर्देशनालयमा दर्ता भएका क्लिनिक २०७९ सालयता तत्कालीन जनस्वास्थ्य कार्यालय बागलुङमा दर्ता भएका प्रमाण छन् ।

सरकारले स्वास्थ्य संस्था दर्ता नियमावली २०७७ जारी गरेपछि अस्पताल तथा स्वास्थ्य संस्था दर्ता र नवीकरणको अधिकार स्थानीय तहले पाए । त्यसयता बागलुङमा स्वास्थ्य संस्था नवीकरण भएका छैनन् । “व्यवसायको रूपमा बागलुङ नगरपालिकामा दर्ता गरेर हरेक वर्ष पाँच हजार कर तिरेको छु”, सञ्चालक श्रेष्ठले भने, “जनस्वास्थ्यले नवीकरण गर्न छाडेपछि कहाँ जाने भन्ने भयो । नगरपालिकाले कानुन बनिनसकेको भनेर दर्ता गर्न मानेनन् ।”

बागलुङ नगरपालिकाले समयमा कानुन नबनाउँदा यहाँका स्वास्थ्य संस्था दर्ता हुन नपाएका हुन् । तीन अस्पताल र दर्जन बढी क्लिनिक तथा आँखाको उपचार केन्द्र बजारमा सञ्चालनमा छन् । तर नगरपालिकाको ढिलाइका कारण स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने संस्था बिनादर्ता सञ्चालनमा छन् भने नगरले हरेक वर्ष राजस्व गुमाएको छ । “कानुन बनाएर मापदण्ड तोकिनुपर्छ र निजी अस्पताल तथा क्लिनिक सोही मापदण्डअनुसार सञ्चालन हुन जरुरी छ”, अनुगमन अधिकृतको जिम्मेवारीमा समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने, “कानुन बनाउन र कार्यान्वयन गर्न नगरपालिकाले ढिला गर्नुहुन्न ।”

स्थानीय कानुन बनेर पनि कार्यान्वयन नहुँदा बिनादर्ता क्लिनिक सञ्चालन गर्ने बजारमा छन् । सङ्घीय सरकारको नियमावली आएको दुई वर्षमै नगरले कानुन बनाएको हो । ढिलो गरी राजपत्रमा प्रकाशन भएको थियो । स्थानीय तहले कानुन बने पनि कार्यान्वयनमा ढिलाइ गरेको छ । नगरपालिकाले कानुन तयार भइसकेको जनाएको छ । स्वास्थ्य संस्था दर्ता तथा स्तरोन्नति मापदण्ड २०७८ नगरसभाबाट पारित भएको छ ।

ढिलो गरी राजपत्रमा प्रकाशन भए पनि कार्यान्वयनमा नआएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । नगरको मापदण्डलाई तत्काल सूचना गरेर सबै स्वास्थ्य संस्थालाई मापदण्डमा ल्याइने खानालले बताए । केही प्राविधिक कारणले कार्यान्वयन नभए पनि कानुन तयार छ । बजारमा सञ्चालित फार्मेसी भने औषधि व्यवस्था विभागमा दर्ता गरेर सञ्चालन गरेको पाइएको बरालले बताए । स्वास्थ्य संस्था दर्ता तथा नवीकरणमा ढिलाइ हुँदा अनुगमन तथा सुपरीवेक्षणमा समेत प्रभाव पर्ने बराल बताउछन् ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?