Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

रसुवामा निर्वाचनसम्बन्धी सुझाव सङ्कलन


१८ जेठ, रसुवा । विगतको त्रुटि सुधार गर्दै आगामी दिनमा हुने सबै तहका निर्वाचनलाई थप व्यवस्थित पार्न रसुवामा सुझाव सङ्कलन गरिएको छ । रसुवाको भौगोलिक विकटताले केही स्थानमा मतदान केन्द्र टाढा हुँदा उनीहरुले भोग्नुपरेका समस्या, ज्येष्ठ नागरिकलाई परेको असुविधा, मतदाता नामावलीमा नयाँ नाम दर्ता, दोहोरोपना तथा मृत्यु भएकाको नाम हटाउनेजस्ता विविध विषयमा यहाँ सुझाव सङ्कलन गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयद्वारा आयोजित ‘निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको सहकार्य’ विषयमा केन्द्रित अन्तक्र्रियामा नौकुण्ड गाउँपालिकाको दोक्लाङ क्षेत्रका बासिन्दालाई यार्सागाउँको मतदान केन्द्रमा जान टाढा भएको, निर्वाचनलाई भयरहित बनाउनुपर्ने, भोजभतेरलाई कडाइका साथ अन्त्य गर्नुपर्ने, निर्वाचनका लागि तोकिने समयसीमा छोट्याउनुपर्नेजस्ता विविध सुझाव सङ्कलन भएका छन् ।

निर्वाचनका दिन ज्येष्ठ नागरिकलाई उमेरको हिसाबले सवारीसाधनमा ओहोरदोहोर गराउन छुट दिनुपर्ने, लाङ्टाङको मतपेटिका हेलिकोप्टरबाट धुञ्चे सदरमुकाम पुर्याउनुपर्ने, निर्वाचन आचारसंहिताप्रति पूर्ण वफादार बनाई कार्यान्वयनमा तीव्रता दिनुपर्ने अधिकांश सहभागीको सुझाव थियो ।

निर्वाचन आयोगका सचिव गोर्कणमणि दुवाडीको उपस्तिथिमा सुझाव सङ्कलन भएको थियो । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ, उत्तरगयाका अध्यक्ष माधवप्रसाद अर्याल, नागरिक समाजका पदाधिकारीलागतयतले सुझाव प्रस्तुत गरेका थिए । रसुवाको कुल मतदाता सङ्ख्या ४० हजार नौ सय ५३ रहेको जिल्ला निर्वाचन अधिकारी श्रीराम नेपालले जानकारी दिए ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?