Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

रसुवामा निर्वाचनसम्बन्धी सुझाव सङ्कलन


१८ जेठ, रसुवा । विगतको त्रुटि सुधार गर्दै आगामी दिनमा हुने सबै तहका निर्वाचनलाई थप व्यवस्थित पार्न रसुवामा सुझाव सङ्कलन गरिएको छ । रसुवाको भौगोलिक विकटताले केही स्थानमा मतदान केन्द्र टाढा हुँदा उनीहरुले भोग्नुपरेका समस्या, ज्येष्ठ नागरिकलाई परेको असुविधा, मतदाता नामावलीमा नयाँ नाम दर्ता, दोहोरोपना तथा मृत्यु भएकाको नाम हटाउनेजस्ता विविध विषयमा यहाँ सुझाव सङ्कलन गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयद्वारा आयोजित ‘निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको सहकार्य’ विषयमा केन्द्रित अन्तक्र्रियामा नौकुण्ड गाउँपालिकाको दोक्लाङ क्षेत्रका बासिन्दालाई यार्सागाउँको मतदान केन्द्रमा जान टाढा भएको, निर्वाचनलाई भयरहित बनाउनुपर्ने, भोजभतेरलाई कडाइका साथ अन्त्य गर्नुपर्ने, निर्वाचनका लागि तोकिने समयसीमा छोट्याउनुपर्नेजस्ता विविध सुझाव सङ्कलन भएका छन् ।

निर्वाचनका दिन ज्येष्ठ नागरिकलाई उमेरको हिसाबले सवारीसाधनमा ओहोरदोहोर गराउन छुट दिनुपर्ने, लाङ्टाङको मतपेटिका हेलिकोप्टरबाट धुञ्चे सदरमुकाम पुर्याउनुपर्ने, निर्वाचन आचारसंहिताप्रति पूर्ण वफादार बनाई कार्यान्वयनमा तीव्रता दिनुपर्ने अधिकांश सहभागीको सुझाव थियो ।

निर्वाचन आयोगका सचिव गोर्कणमणि दुवाडीको उपस्तिथिमा सुझाव सङ्कलन भएको थियो । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ, उत्तरगयाका अध्यक्ष माधवप्रसाद अर्याल, नागरिक समाजका पदाधिकारीलागतयतले सुझाव प्रस्तुत गरेका थिए । रसुवाको कुल मतदाता सङ्ख्या ४० हजार नौ सय ५३ रहेको जिल्ला निर्वाचन अधिकारी श्रीराम नेपालले जानकारी दिए ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?