Trending
>>   ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइन : प्रमुख घिमिरे >>   पक्षघात उपचारका लागि महँगो औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्रीको निर्णय >>   ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसक्यौँः प्रमुख महर्जन >>   ९८ प्रतिशत नागरिकलाई आधारभुत खानेपानीको पहुँचमा पुर्याईसक्यौं : मन्त्री यादव >>   चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छः कुलमान घिसिङ >>   गायिका मेलिना राई विवाह बन्धनमा बाँधिदै ! >>   न्याय मरेको छैन भन्थे हो रहेछ ! >>   रास्वपालाई खुला पत्र >>   एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या छैनः गृहमन्त्री >>   सल्लाह गरेरै सरकारले अध्यादेश ल्याएको हो: कांग्रेस
Logo
३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

समर्थन फिर्ता लिँदै स्वास्थ्यमन्त्री लिम्बूले दिइन् राजीनामा


१८ जेठ, विराटनगर । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले आज आफ्नो पदबाट राजीनामा दिएकी छन् । साथै उनले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकी छन् ।

जनता समाजवादी पार्टी (जसपा) प्रदेश समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले मुख्यमन्त्री कार्यालयमा राजीनामा एवं सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गरेको जानकारी गराइन् ।

मन्त्री लिम्बूको राजीनामा पत्रमा विसं २०७९ पुस २५ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा बनेको गठबन्धन सरकारको स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रही सदन र सरकारमा पटकपटक प्रदेशको नामकरण पहिचानका आधारमा नामाङ्कन हुनुपर्ने माग गर्दै आएको उल्लेख गरेकी छन् ।

मन्त्री लिम्बूले पहिचानवादीको मागप्रति सरकारलाई गम्भीर भई वार्ता संवादमार्फत समस्याको समाधान गर्न प्रस्ताव राख्दासमेत बेवास्ता भएको हुँदा नैतिकताका आधारमा आजको मितिबाट प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेकी छन् ।

पत्रकार सम्मेलनमा उनले आगामी दिनमा प्रदेशको नामकरणविरुद्धमा हुने पहिचानवादीको आन्दोलनमा प्रत्यक्षरूपमा सहभागी हुने बताइन् । पार्टीका प्रदेश अध्यक्ष दीपक याक्ख्याले पहिचानसहितको सङ्घीयताको माग सम्बोधन नभएकाले मन्त्री लिम्बूले पार्टीको निर्देशनअनुसार समर्थन फिर्ता एवं राजीनामा दिएको जानकारी दिए ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?