Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

जनशक्ति अभावबीच सेवा प्रवाह गर्दै मेथिनकोट अस्पताल


१८ जेष्ठ ,काठमाडौँ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभावका कारण सेवा विस्तार गर्न समस्या भएको छ । विपी राजमार्गको छेउमा रहेको जिल्लाको ग्रामीण भेगका नागरिकले सेवा प्राप्त गर्ने एकमात्र सरकारी अस्पताल मेथिनकोट अस्पताल अभावकै बीच पनि सेवा प्रवाह गरिरहेको छ ।

मुख्यतया तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाका नागरिकलाई सेवा प्रदान गर्न सो अपस्ताल स्थापना गरिएको हो । अस्पतालले चौबीसै घण्टा आकस्मिक सेवा, प्रसूति सेवा, एक्सरे फार्मेसी सेवा, विगत एक महिनादेखि हरेक दिन भिडियो एक्सरे सेवासमेत दिँदै आएको छ । तर विशेषज्ञ चिकित्सक अभावका कारण सेवाग्राहीको रोजाइको केन्द्र भने बन्नसकेको छैन ।

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालमा अब छिट्टै डायलायसिस, शल्यक्रिया सेवा र ब्लड बैंक सेवा सञ्चालन हुने अस्पतालका डा आनन्दमणि उपाध्यायले बताए । “आइसीयू र एनआइसीयू सेवा सञ्चालनसमेत गर्ने तयारी छ”, उनले भने । प्रदेश सरकारबाट प्राप्त पाँचवटा डायलायसिस मेसिन जडान गर्ने काम भइसकेकाले अब छिट्टै सो सेवासमेत सुरु हुने भएको छ ।

यी सबै सेवा सञ्चालनका लागि भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभाव मुख्य चुनौती बनेको छ । पचास शय्याको अस्पताल सञ्चालनका लागि पर्याप्त भौतिक संरचना आवश्यक भए पनि अहिले पूरानै संरचनाबाट सेवा दिनुपर्ने बाध्यता रहेको डा उपाध्याय बताउछन् । “दैनिक ७०–७५ जनाले सेवा लिइरहेका छन्”, उनले भने । अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा मधुकर दाहालले अस्पतालको सेवालाई चुस्तदुरुस्त गर्न कोसिस गरिरहेको बताए ।

जनशक्तिको अभाव तथा शल्यक्रियाका लागि आवश्यक लठ्याउने औषधि नहुँदा सेवा सुरु गर्न नसकेको उनको भनाइ छ । अस्पतालका सुपरिटेण्डेन्ट डा सारग जर्गामगर अध्ययन बिदामा गएपछि करिब १० महिना स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा पुरुषोत्तमराज सेढाईँले हेर्दै आएका थिए । अहिले दुई महिनादेखि निमित्त सुपरिटेण्डेन्ट डा दाहालको नेतृत्वमा अस्पताले सेवा प्रवाह गर्दै आएको छ ।

मेथिनकोट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालले सेवा प्रवाहमा वृद्धि भए पनि भौतिक संरचनाको अभावका कारण सोचेजस्तो सेवा दिन नसकेको बताए । बजेट र जनशक्ति अभावले गर्दा भएको उपकरण सञ्चालनमा ल्याएर सेवा दिन नसकेको उनि बताउछन् । विसं २०५४ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएर २०६६ मा १५ शय्याको जिल्ला अस्पतालका रूपमा स्तरोन्नति गरिएको थियो । विसं २०७७ मा सङ्घीय सरकारले ५० शय्याको अस्पतालमा रुपान्तरण गरेर प्रादेशिक जिल्ला अस्पतालका रूपमा सेवा प्रवाह गर्दै आएको छ । अस्पतालमा हाल करिब ७० जनशक्ति कार्यरत छ ।


प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?