२ असार, मनाङ । ‘प्री–मनसुन’ सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण वर्षा हुन थालेको छ । लामो समय जोखिम र अभाव भोगेका मनाङवासी ठूलो वर्षा हुनासाथ झस्किन्छन् । दुई वर्षअघि ठूलो वर्षाका कारण करिब दुई महिना सडक सञ्जालबाट विच्छेद रहेका यहाँका स्थानीय हालसम्म त्यही जोखिम सम्झेर झस्कने गरेको बताउँछन् । सडक
२ असार, भक्तपुर । ट्राफिक कारबाहीमा परेकाले अब भक्तपुरमा पनि सचेतना कक्षा लिन पाउने भएका छन्। ट्राफिक नियम उल्लंघन गर्दा हुने सजायस्वरुप तिर्नुपर्ने जरिवाना र लिनुपर्ने ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा असार ३ गते आइतबारदेखि भक्तपुरमा सञ्चालन हुने भएपछि भक्तपुरवासीलाई सहज हुने भएको छ। मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएको,
२ असार, सिन्धुपाल्चोक । किसानहरूलाई प्रोत्साहित गर्दै उत्पादनमा बढोत्तरी गर्ने उद्देश्यले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाले किसानहरूद्वारा उत्पादित सामाग्री खरिद गर्ने प्रबन्ध मिलाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ चौतारा बजारको मुख्य स्थानमा तरकारी सङ्कलन केन्द्रको स्थापनासँगै नगरमार्फत किसानहरूसँग खरिद गरेको उत्पादन उपभोक्तालाई बिक्री वितरणको प्रबन्ध समेत मिलाइएको छ
२ असार, लहान । शुक्रवार सुरजकुमार मुखिया निकै हतारमा थिए । केही घण्टा भए पनि छिटो पुगिएला भनेर पूर्वपश्चिम महेन्द्र राजमार्ग छलेर जनकपुरबाट विराटनगर जान हिँडेका उनी हतारमा रहेको मोटरसाइकलको गतिबाट प्रष्ट थाहा हुन्थ्यो । त्यस्तै हतारमा थिए रामदेव महतो पनि । हतार गरेर के गर्नु ! उनीहरूको मोटरसाइकलको गति १२
२ असार, सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको मेलम्ची पुगेका छन् । मेलम्ची खानेपानीको मुहान अवलोकन गर्न प्रचण्ड सिन्धुपाल्चोक पुगेका हुन् । प्रचण्डले मेलम्चीमा खानेपानीको महान र दुई वर्ष अघि बाढीले क्षति पुर्याएको स्थान अवलोकन गर्नेछन् । मेलम्चीको मुहान निरिक्षण गर्न प्रधानमन्त्री प्रचण्डसँगै स्वास्थ्य मन्त्री मोहन बस्नेत, खानेपानी मन्त्री महेन्द्र
२ असार, कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित दोदा नदीमाथिको पक्की पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र छ । निर्माण सुरु भएको आठ वर्षमा उक्त पुलका तीन पिल्लर मात्रै ठडिएका छन् । वर्षौंदेखि देखतभुली–पर्सीया जोड्ने पक्की पुल निर्माण अलपत्र भएपछि लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन् । विसं
२ असार, काठमाडाैँ । काठमाडौं महानगरपालिकाको पटकपटकको ताकेतापछि पछिल्लो समय निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण पेस गर्न थालेका छन् । कामपाले एक साताअघि मात्रै सबै विद्यालयलाई नियमानुसार छात्रवृत्ति दिन र दिएको विवरण लिएर आउन निर्देशन दिएको थियो । निर्देशन दिएको केही दिनसम्म पनि निजी विद्यालयले विवरण लिएर नआएपछि कामपाले विवरण
२ जेठ, नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया रु नौ हजार घुससहित पक्राउ परेका छन् । शुक्रबार कवडियासँगै कार्यालय सहयोगी गङ्गाराम बृजवासीलाई रु नौ हजार रकम घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो । कृषि अनुदानका लागि सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने
२ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका विभिन्न सार्वजनिकस्थल एवं भीडभाड हुने सरकारी कार्यालय क्षेत्रमा निःशुल्क इन्टरनेट वाइफाई (फ्री वाईफाई) सेवा सुरु गरेको छ । पहिलो चरणमा महानगरका विभिन्न १० स्थानमा फ्रि वाईफाई सेवा उपलब्ध गराइएको हो । महानगरले इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कसँगको सहकार्यमा घण्टाघर चोक, माइस्थान चोक, जिल्ला प्रशासन
२ असार, कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ विपतपुरका स्थानीय कुलोमा पानी आएपछि निकै खुशी छन् । राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाले बन्द भएको विपतपुर, राजिपुर सिँचाइ कुलोलाई पुनः सञ्चालनमा ल्याएपछि उनीहरू खुशी हुन् । उसो त आयोजना शुरू भएको १२ वर्षपछि आयोजनाको मूल नहरबाटै पानी सञ्चालन हो । ‘सदियौंदेखिको परम्परागत