Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

१२ वर्षपछि मूल नहरमै फर्कियो पानी


२ असार, कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ विपतपुरका स्थानीय कुलोमा पानी आएपछि निकै खुशी छन् ।

राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाले बन्द भएको विपतपुर, राजिपुर सिँचाइ कुलोलाई पुनः सञ्चालनमा ल्याएपछि उनीहरू खुशी हुन् । उसो त आयोजना शुरू भएको १२ वर्षपछि आयोजनाको मूल नहरबाटै पानी सञ्चालन हो ।

‘सदियौंदेखिको परम्परागत सिँचाइ प्रणाली हाम्रा लागि समाप्त भएको छ । वर्षौंदेखि अरुको कुलोको भरोसामा कृषि गर्दै आएका किसानलाई कसैको भर पर्नुपर्ने अवस्था अब रहेन,’ बडघर घर्तीमगर भन्छन्, ‘२०५७/०५८ मा बन्द भएको कुलोमा पानी आएपछि किसानमा खुशीयाली छाएको मात्रै छैन, सपना पूरा भएको छ ।’ उनले किसानले वर्षौंदेखि देखेको सपना पूरा हुने गरेको बताए ।

आयोजनाले गत जेठ ३१ गते साँझ मूल नहरबाट पठाएको पानी शाखा, उपशाखा नहर हुँदै पानी किसानको खेत खेतमा पुगेपछि किसानले खुशी व्यक्त गरेका छन् । किसानले शाखा नहरमा पानी पुगेपछि विधिपूर्वक पूजा गरेर नहर सञ्चालन गरेका छन् ।

आर्थिक वर्ष २०६७/६८ देखि निर्माण शुरू भएको आयोजनाले यसअघि मूल नहरको परीक्षण गरे पनि सञ्चालनमा ल्याउन सकेको थिएन ।

पटक–पटक मूल नहर सञ्चालनको लागि आयोजनाले तयारी गरे पनि बर्सातको समयमा आउने बाढीले नहरमा क्षति पुर्‍याउने भएपछि मूल नहर सञ्चालनमा ढिलाइ भएको आयोजना प्रमुख केदार श्रेष्ठले बताए । यसपटक मूल नहरबाट पानी ल्याई ३ वटै कुला प्रणालीमा ४५ क्युमेक्स पानी पठाइएको श्रेष्ठले जानकारी दिए । त्यो पानीले १४ हजार ३०० हेक्टर जमिनमा सिँचाइ हुनेछ ।

‘हामीले मूल नहरबाट पानी छोडेर किसानको खेतसम्म ३ वटै शाखा कुला र उपशाखा कुलाबाट पुर्‍याएका छौं,’ आयोजना प्रमुख श्रेष्ठ भन्छन्, ‘पुरानो प्रणालीबाट पानी आइरहेका रानी, जमरा र कुलरिया कुलाका मुहान बन्द गरिएको छ । अब नियन्त्रित रूपमा किसानको आवश्यकता आधारमा आयोजनाबाट पानी खेतसम्म पुग्नेछ । यसबाट किसानको खेतमा हुने सिँचाइ प्रणालीमा सहज हुनेछ ।’

यसअघि कर्णाली नदीबाट अस्थायी मुहान निर्माण गर्दै बर्सेनि रानी जमरा र कुलरिया नदीमा पानी ल्याउने गरिन्थ्यो । पुरानो मुहानबाट पानी ल्याउँदा अनियन्त्रित भई कटान हुने, कुलाका संरचना फुट्ने र बर्सातको समयमा बाढी र डुबानजस्ता समस्या किसानले झेल्दै आएका थिए ।

हरेक वर्ष कुलाको मुहान खन्न हजारौं किसानले काम गर्नुपर्ने बाध्यता थियो । किसानले वर्षमा २ पटक कुला खन्न जानुपर्थ्यो । हिउँदे खेती लगाउने समयमा र वर्षे खेती लगाउने समयमा करीब १ महिना किसानको कुला खन्न लाग्ने गरेको स्थानीय छेलु चौधरी बताउँछन् ।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?