Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

किसानको उत्पादन नगरपालिकामार्फत खरिद विक्री सुरु


२ असार, सिन्धुपाल्चोक । किसानहरूलाई प्रोत्साहित गर्दै उत्पादनमा बढोत्तरी गर्ने उद्देश्यले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाले किसानहरूद्वारा उत्पादित सामाग्री खरिद गर्ने प्रबन्ध मिलाएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ चौतारा बजारको मुख्य स्थानमा तरकारी सङ्कलन केन्द्रको स्थापनासँगै नगरमार्फत किसानहरूसँग खरिद गरेको उत्पादन उपभोक्तालाई बिक्री वितरणको प्रबन्ध समेत मिलाइएको छ ।

सङ्कलन केन्द्रमा किसानहरूद्वारा उत्पादित गोलभेँडा, काँक्रो, साग, करेला सिमी जस्ता तरकारी रहेको तरकारी सङ्कलन केन्द्र सञ्चालनका जिम्मेवारी पाएका कृष्णबहादुर श्रेष्ठले जानकारी दिए ।

मौसमी उत्पादनको हिसाबले बढी जस्तो गोलभेँडा सङ्कलित भएको सञ्चालक श्रेष्ठको भनाइ छ । श्रेष्ठका अनुसार झण्डै २ सय किलो गोलभेँडा सङ्कलन भएको छ । भोलिबाट अन्य तरकारी पनि बढ्न सक्ने सञ्चालन केन्द्रले जनाएको छ ।

किसानले तरकारीको मूल्य भने बजार भाउ अनुसार नै पाउने छन् । त्यसका लागि विक्रेता किसानको कुनै पनि बैङ्कमा अनिवार्य खाता सञ्चालन भएको हुनुपर्ने छ । किसानबाट खरिद गरेको तरकारी लगायतका उत्पादनको मूल्य हरेक १५ दिनमा किसानको खातामा नगरपालिकाले जम्मा गरिदिने छ ।

किसानको भएभरको उत्पादन नगरमार्फत कृष्णबहादुर श्रेष्ठले खरिद गर्ने र बिक्री वितरण गरी किसानको खातामा नगरबाट प्राप्त अनुदानसहितको थप रकम पनि जम्मा गरिदिने जिम्मेवारी श्रेष्ठले निर्वाह गर्नुपर्ने छ ।

यसबाट किसानले कुनै पनि उत्पादन विक्री भएन भनेर फाल्नुपर्ने अवस्था नआउने नगर प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । किसानका सबै उत्पादन खरिद गरी स्थानीय बजारमा खपत नभए राजधानीसम्म लैजाने प्रबन्ध मिलाइएको नगर प्रमुख सापकोटाको भनाई छ । त्यसका लागि चाँडै नै नगरपालिकाले कृषि एम्बुलेन्सको पनि प्रबन्ध मिलाउन लागेको नगर प्रमुख सापकोटाले जानकारी दिए ।

यता नगरमार्फत आफ्ना उत्पादन खरिद विक्री गर्ने भएपछि किसानहरू खुशी भएका छन् । चौतारा साँगाचोकगढी वडा न ७ का किसान विष्णुप्रसाद दंगाल बजारको चिन्ता हटेको बताउँछन् ।

सङ्कलन केन्द्रलाई थप व्यवस्थित र किसानहरूको उत्पादनलाई भण्डारण गर्दै प्रोत्साहित गर्नका लागि चौतारा साँगाचोकगढी नगरपालिका वडा न ४ मा अर्को एक चिस्यान केन्द्रको पनि निर्माण हुँदैछ । नगरपालिकाको २ करोड र संघीय सरकारको ५० लाख अनुदानमा निर्माण हुँदै गरेको यो आयोजनालाई नगरले आफ्नो गौरवको आयोजनाको रुपमा लिइएको छ । निर्माणाधीन चिस्यान केन्द्र आगामी माघसम्म सम्पन्न हुने नगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?