Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

वीरगञ्ज महानगरका १० स्थानमा फ्री वाइफाई सेवा सुरु


२ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका विभिन्न सार्वजनिकस्थल एवं भीडभाड हुने सरकारी कार्यालय क्षेत्रमा निःशुल्क इन्टरनेट वाइफाई (फ्री वाईफाई) सेवा सुरु गरेको छ । पहिलो चरणमा महानगरका विभिन्न १० स्थानमा फ्रि वाईफाई सेवा उपलब्ध गराइएको हो ।

महानगरले इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कसँगको सहकार्यमा घण्टाघर चोक, माइस्थान चोक, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, यातायात, नारायणी अस्पताल, विद्युत प्राधिकरण, भन्सार कार्यालय र महानगर कार्यालय क्षेत्रमा फ्री वाईफाई सेवा सुरु गरेको छ ।

महानगरप्रमुख राजेशमान सिंहले आज औपचारिक कार्यक्रम गरी फ्रि वाईफाई सेवाको सुरुआत गरे । उनले महानगरवासीलाई समयानुकूल प्रविधिमैत्री सेवा विस्तार गरी वीरगञ्जलाई डिजिटल सहरका रूपमा अघि बढाउन यस्तो सेवा सुरु गरिएको बताए ।

महानगरलाई आईटी हब बनाउने आफ्नो घोषित नीति नै रहेकाले त्यसलाई कार्यान्वयन गर्न आफू लागि परेको पनि उनले बताए ।

हाललाई हरेक स्थानमा दुई एमबीपीएस क्षमताको इन्टरनेट सुरु गरिएको र प्रयोगकर्ताको चापको आधारमा यसलाई बढाउँदै लगिने महानगरले जनाएको छ ।

आफूहरुले चुस्त सेवा दिने गरी महानगरसँग तीन वर्षका लागि सम्झौता गरेको वल्र्डलिङ्क कम्युनिकेसन्स लिमिटेड वीरगञ्ज शाखाका शाखा प्रबन्धक अरफात देवानले जानकारी दिए ।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?