Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

अब भक्तपुरमा पनि ट्राफिक सचेतना कक्षा


२ असार, भक्तपुर । ट्राफिक कारबाहीमा परेकाले अब भक्तपुरमा पनि सचेतना कक्षा लिन पाउने भएका छन्।

ट्राफिक नियम उल्लंघन गर्दा हुने सजायस्वरुप तिर्नुपर्ने जरिवाना र लिनुपर्ने ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा असार ३ गते आइतबारदेखि भक्तपुरमा सञ्चालन हुने भएपछि भक्तपुरवासीलाई सहज हुने भएको छ।

मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएको, लेन अनुशासन उल्लंघन गरेको, तीव्र गति र रातोबत्ती उल्लंघन गरी कारबाहीमा पर्ने चालकलाई ट्राफिक प्रहरीले जरिवानासहित टोकन लिएर एक घण्टा सचेतना कक्षामा सहभागी गराउँदै आएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका कार्यालय प्रमुख एवम् प्रहरी निरीक्षक राजु कार्कीले भने, ‘असार ३ गते आइतबार बिहान काठमाडौं उपत्यका ट्राफिक प्रहरीप्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरलेले भक्तपुरमा सुरू हुने सचेतना कक्षाको उद्घाटन गर्नु हुनेछ। आइतबार उहाँकै उपस्थितिमा ट्राफिक कारबाहीमा परेका चालकलाई पहिलो सचेतना कक्षा सञ्चालन गरिनेछ।’

मादक पदार्थ सेवन गरेका बाहेक लेन अनुशासन, रातो बत्ती र तीव्र गतिका कारण कारबाहीमा पर्ने चालक अब जरिवाना तिर्न र सचेतना कक्षा लिन काठमाडौं जानु नपर्ने भन्दै उनले जरिवानालगायत सचेतना कक्षाको व्यवस्था ट्राफिक कार्यालय भक्तपुरमा गरिएको जानकारी दिए।

मापसेमा परेकाका हकमा भने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ नै पुगेर सचेतना कक्षा लिनुपर्ने व्यवस्था कायमै रहेको प्रहरी निरीक्षक कार्कीले बताए।

‘भोलिदेखि मापसे बाहेकका ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवाना तिर्न र सचेतना कक्षा लिन भक्तपुरमै व्यवस्था गरिएको छ, यसले चालकलाई पायक पर्ने र समय व्यवस्थापनमा सहज हुने विश्वास लिएका छौं,’ उनले भने।

जिल्लाबाहिर कारबाहीमा परी सचेतना कक्षा लिनुपर्नेका हकमा पनि निकट भविष्यमै पायक पर्ने जिल्ला रोजेर कक्षा लिन पाइने व्यवस्था मिलाउने तयारी भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?