Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

वरिष्ठ रेडियोकर्मी ताम्राकारको निधनमा मन्त्री शर्माद्वारा शोक व्यक्त


काठमाडौ : सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधनमा व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

मन्त्री शर्मा देश बाहिर रहेकाले उहाँको तर्फबाट सन्चार बिज्ञ नरेन्द्र केसीले आर्यघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । ताम्राकारको ८७ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको थियो ।

रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक ताम्राकार नेपाली सन्चार क्षेत्रको एउटा युग भएको उल्लेख गर्दै मन्त्री शर्माले उहाँको स्वर र योगदानलाई नेपाली जनताले युगयुग सम्म सम्झिरहने बताउनुभएको छ ।

नयाँ पुस्ताले उहाँको योगदानबाट प्रेरणा लिनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले सन्चार क्षेत्रबाट एउटा युगको अगुवाइ गर्ने ताम्राकार महत्त्वपूर्ण व्यक्तित्वको रुपमा रहेको बताउनुभयो । मन्त्री शर्माले ताम्राकारका छोरीहरु हिमा चापागाईं, ब्योमा ताम्राकार, गृष्मा राजभण्डारीलगायत परिवारजनमा समवेदना पनि दिनुभएको छ ।

ताम्राकारको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । माइली छोरी ब्योमा ताम्राकारले दागबत्ती दिनुभएको थियो ।

२०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन वाचन गर्नुभएको थियो । उहाँलाई २०७४ सालमा सन्चार तथा सूचना प्रविधि मन्त्रालयले वरिष्ठ पत्रकार सम्मान प्रदान गरेको थियो ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?