Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

वरिष्ठ रेडियोकर्मी ताम्राकारको निधनमा मन्त्री शर्माद्वारा शोक व्यक्त


काठमाडौ : सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधनमा व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

मन्त्री शर्मा देश बाहिर रहेकाले उहाँको तर्फबाट सन्चार बिज्ञ नरेन्द्र केसीले आर्यघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । ताम्राकारको ८७ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको थियो ।

रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक ताम्राकार नेपाली सन्चार क्षेत्रको एउटा युग भएको उल्लेख गर्दै मन्त्री शर्माले उहाँको स्वर र योगदानलाई नेपाली जनताले युगयुग सम्म सम्झिरहने बताउनुभएको छ ।

नयाँ पुस्ताले उहाँको योगदानबाट प्रेरणा लिनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले सन्चार क्षेत्रबाट एउटा युगको अगुवाइ गर्ने ताम्राकार महत्त्वपूर्ण व्यक्तित्वको रुपमा रहेको बताउनुभयो । मन्त्री शर्माले ताम्राकारका छोरीहरु हिमा चापागाईं, ब्योमा ताम्राकार, गृष्मा राजभण्डारीलगायत परिवारजनमा समवेदना पनि दिनुभएको छ ।

ताम्राकारको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । माइली छोरी ब्योमा ताम्राकारले दागबत्ती दिनुभएको थियो ।

२०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचन वाचन गर्नुभएको थियो । उहाँलाई २०७४ सालमा सन्चार तथा सूचना प्रविधि मन्त्रालयले वरिष्ठ पत्रकार सम्मान प्रदान गरेको थियो ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?