Trending
>>   प्रधानमन्त्री केपी ओलीका बुबा अस्पताल भर्ना >>   १८९ किलो गाँजा सहित सिन्धुलीमा एक जना पक्राउ >>   चार प्रदेशमा हल्का बर्षाको सम्भावना ,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल मङ्सिर ०८ गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश >>   दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको १ लाख जरिवाना ! >>   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै >>   काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का >>   आजको मौसम : चार प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ०७ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल
Logo
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

आगलागीजन्य विपद्को पूर्वतयारी, स्वयंसेवी तयार पारिँदै


९ चैत्र ,काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगलागी, हुरी–बतास, चट्याङलगायतका अब हुने विपद्जन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तीव्र पारेको जनाएको छ ।

प्राधिकरणले आज सिंहदरबारमा पत्रकार भेटघाट कार्यक्रममा आउँदो दुई महिना आगलागी, डढेलो, हावाहुरी, चट्याङजस्ता विपद्को जोखिम बढी हुने भएकाले त्यसको पूर्वतयारीलाई तीव्र पारिएको जानकारी गराएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले आगलागी नियन्त्रणका लागि आवश्यक स्वयंसेवीहरू तयार पार्न अभ्यास जारी रहेको जानकारी दिँदै स्थानीय तह र विपद् व्यवस्थापनका क्षेत्रमा लाग्ने सरोकारवालालाई कसरी सक्षम बनाउन सकिन्छ भनेर कार्य अघि बढाइएको पनि जानकारी दिए ।

छलफलका क्रममा उनले आगलागीको दर बढ्दो रहेकाले त्यसतर्फ विशेषरूपमा सचेत हुन पनि अनुरोध गरेका छन्‌ । पछिल्लो एक हप्ता पानी परेका कारण आगलागी कम भएको तर अब पानी पर्न छाडेपछि यस्ता घटनामा बढोत्तरी हुने भन्दै उनले स्थानीय तह अझै चनाखो हुन जरुरी रहेको औँल्याए ।

कार्यक्रममा आगलागी तथा डढेलोविज्ञ सुन्दर शर्माले आगलागी नियन्त्रणमा सरकारबाट पर्याप्त बजेट निकासा हुन नसकेको, दक्ष जनशक्ति एवं प्रविधि र उपकरणको अभाव रहेको औँल्याए । उनले मानवीय कारणले नेपालमा बढी आगलागी हुने गरेको जानकारी पनि दिए ।

नेपालमा पर्याप्त दमकल नभएकाले अब स्थानीय तहले पनि खरिद गर्न सक्ने फायरपम्पको अवधारणा ल्याउन जरुरी रहेको औँल्याए । आजै सिंहदरबारमा फायरपम्पको अभ्यास गरेरसमेत देखाइएको थियो । यसले एक किलोमिटर टाढासम्म बिछ्याएर लैजान सकिने भएकाले साँघुरा स्थानमा समेत फायरपम्प उपयुक्त भएको बताए।

यस्तै हवाई फायर फाइटरको पनि आवश्यकता रहेको बताउँदै उनले त्यसलाई ल्याउन नसके ‘बकेट’मात्रै किन्न पाए पनि सेनाको वा निजी हेलिकोप्टरमार्फत ठूला आगलागी नियन्त्रणमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा प्राधिकरणकी सहसचिव अनिता निरौलाले स्वयंसेवक ब्यूरोअन्तर्गत विपद् व्यवस्थापनका लागि चाहिने आवश्यक स्वयंसेवीहरू स्वस्फूर्तरूपमा फारम भरेर सहभागी हुनसक्ने बताइन्‌ । त्यसका लागि उनीहरुले प्राधिकरणको साइटमार्फत लगइन लिएर तोकिएको विवरण भर्नुपर्ने उनले बताइन्‌ । अहिले नमूना अभ्यासका लागि रेडक्रसका एक लाख जनशक्तिलाई त्यसमा जोडिएको पनि उन्‌ले जानकारी दिइन्‌ ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?