Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

नयाँ खरिद नहुँदा राजावादी प्रदर्शनमा डेट एक्सपायर टियरग्याँस हान्नुपर्यो : गृहमन्त्री


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले प्रहरीका हतियारहरू पुराना भएका र काम नलाग्ने अवस्था भएका कारण सरकारले हतियार किन्ने तयारी गरेको बताएका छन् ।

केही महिनाअघि तीनकुनेमा भएको राजावादी प्रदर्शनमा प्रहरीले हानेको टियरग्याँस डेट एक्सपायर भएको भन्ने चर्चाबारे प्रशंग निकाल्दै मन्त्री लेखकले नयाँ नकिनेसम्म पुरानै हान्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।

उनले भने, ‘टियरग्यास हान्नुपर्या । डेट एक्सपायर टियरग्याँस हान्यो भन्ने कुरा उठ्यो । अब टियरग्याँसनयाँ किनेन भने त डेट एक्सपायर हान्नुपर्ला नि । अनि डेट एक्सपायर हान्ने कि नयाँ किन्ने ? किन्नुपर्छ । त्यसो भएको हुनाले आवश्यक हतियार किनिन्छ । कानुन बमोजिम किनिन्छ । पारदर्शी ढंगले किनिन्छ । र चालु आर्थिक वर्षको सिमाभित्र बसेर किनिन्छ ।’

हतियार खरिद गर्दा कानूनसम्मत र पारदर्शिता कायम रहने बताएका छन्।


प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?