Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

नयाँ खरिद नहुँदा राजावादी प्रदर्शनमा डेट एक्सपायर टियरग्याँस हान्नुपर्यो : गृहमन्त्री


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले प्रहरीका हतियारहरू पुराना भएका र काम नलाग्ने अवस्था भएका कारण सरकारले हतियार किन्ने तयारी गरेको बताएका छन् ।

केही महिनाअघि तीनकुनेमा भएको राजावादी प्रदर्शनमा प्रहरीले हानेको टियरग्याँस डेट एक्सपायर भएको भन्ने चर्चाबारे प्रशंग निकाल्दै मन्त्री लेखकले नयाँ नकिनेसम्म पुरानै हान्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।

उनले भने, ‘टियरग्यास हान्नुपर्या । डेट एक्सपायर टियरग्याँस हान्यो भन्ने कुरा उठ्यो । अब टियरग्याँसनयाँ किनेन भने त डेट एक्सपायर हान्नुपर्ला नि । अनि डेट एक्सपायर हान्ने कि नयाँ किन्ने ? किन्नुपर्छ । त्यसो भएको हुनाले आवश्यक हतियार किनिन्छ । कानुन बमोजिम किनिन्छ । पारदर्शी ढंगले किनिन्छ । र चालु आर्थिक वर्षको सिमाभित्र बसेर किनिन्छ ।’

हतियार खरिद गर्दा कानूनसम्मत र पारदर्शिता कायम रहने बताएका छन्।


प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?