Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने


काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विवाहको उमेरका कारण दुई परिवारका अभिभावकबीच हुने असमझदारीले भोग्नुपरेको सजाय कम गर्नेगरी सरकारले व्यवस्था गरिरहेको बताएका छन् ।

प्रतिनिधि सभाअन्तगर्तको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विवाहको उमेर घटाउने नभइ विवाहको उमेरको कारणले १८ र २० वर्षको उमेरको युवा युवतीको बीचमा दुई परिवारका अभिभावकबीच हुने असमझदारीले भोग्नुपरिरहेको सजाय कम गर्नेगरी सरकारले व्यवस्था गर्न लागेको बताए । उनले नेपालको संविधान दक्षिण एशियाकै उत्कृष्ट रहेको दाबी गरे ।

मन्त्री चौरसियाले भने, ‘विवाहको उमेर घटाउने होइन, विवाहको उमेरको कारणले १८ र २० वर्षको उमेरको युवा युवतीको बीचमा दुई गार्जियनको बीचमा भएको असहमतिको कारण कारबाही भोग्नुपरेको अवस्थालाई सजायलाई न्युन गर्ने व्यवस्था कानून मन्त्रालयले गर्दैछ । नेपालको संविधान दक्षिण एशियाकै उत्कृष्ट छ । जहाँ संविधानमै ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित गरिएको छ । सकारात्मक कामलाई सकारात्मक रुपमा लिनुपर्छ । अपराध दुनियाँको सबै मुलुकमा हुन्छ । तर अपराधीलाई कारबाही सरकारले गरेको छ की छैन त्यो महत्वपूर्ण कुरा हो ।’

मन्त्री चौरसियाले मानव अधिकार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नेकुरामा सरकारले प्राथमिकता दिइरहेको बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?