Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

संविधान र निर्वाचन प्रणाली देखाएर दलहरु जनताको प्रश्नबाट भाग्दैछन्ः महासचिव भुसाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढेको बताएका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित र्काक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले पटक–पटक भएका आन्दोलनबाट व्यवस्था परिवर्तन भएपनि सुशासन कायम हुन नसकेको बताएका हुन् । भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्न बासी भएपनि कम्युनिष्ट आन्दोलनको अझै आवश्यकता रहेको उनको भनाइ छ । उनले मुलुकमा सबै सम्भव भएपनि घुस खान नसकिने राज्य बनाउन जटिल रहेको बताए । उनले संविधान र निर्वाचन प्रणालीलाई देखाएर राजनीतिक दलहरु जनताको प्रश्नबाट भाग्न खोजिरहेको आरोप पनि लगाए । उनले घुस नखानको लागि निर्वाचन आयोगले रोकेको हो ? भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘आज सुशासन छैन । दलाल पूँजीवाद छ । त्यसको कारण आज रोजगारी छैन । मुलुकमा कुशासन हिजो पनि थियो । आज पनि छ । बेरोजगारी बढ्दै गएको छ । त्यसकारण हाम्रो क्रान्तीकारी आन्दोलन बासी भएपनि अझै पनि बाँकी छ । हामी घुस खान नसकिने पार्टी, राज्य कहिले बनाउँछौं ? त्यस्तो राज्य बनाउन सकिएला कि नसकिएला ? यो प्रश्न असाधारण प्रश्न हो लाग्छ । अहिले संविधानको कुरा छ । म यसलाई बबुरो संविधान भन्न थालेको छु । राजनीतिका नालायकीहरुलाई संविधानमा फालिए । के ले भएन भन्दा निर्वाचनले दिएन, संविधानले दिएन । तपाईलाई घुस नखानको लागि निर्वाचनले रोकेको हो ? तपाईलाई गुटबन्दी नगर्नको लागि संविधानले रोकेको हो । गुटबन्दीको लागि मान्छेको खुट्टा तानातान गर्न, अंक गणित बनाउन चाकर गर्न र राजनीति भनेको केवल कुर्सीको खेल हो भन्ने साबित गर्नको लागि संविधानले रोकेको हो ? वाध्य पारेको हो ? किन भएन भन्दा संविधानले दिएन भनेर सजिलो भएको छ मान्छेलाई । ’

उनले संविधान र निर्वाचन प्रणालीलाई देखाएर राजनीतिक दलहरु भाग्न खोजिरहेको आरोप पनि लगाए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?