Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने


काठमाडौँ। क्वालिटी काठमाडौं स्कुल्स (क्युकेएस) को आयोजनामा आगामी नोभेम्बरमा अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ ।

काठमाडौंमा मंगलवार पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको बारेमा जानकारी दिएको हो । क्युकेएस अन्तर स्कुल क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आगामी नोभेम्बर २० मा धुम्बाराही क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ । खेलहरू १० ओभरका हुनेछन् । क्युकेएसको छातामुनि रहेका २५ स्कुलमध्ये १६ टोलीले प्रतियोगितामा सहभागिता जनाउने आयोजकको अपेक्षा छ ।

प्रतियोगिताका सहभागीले आफ्नो स्कुलमा अध्ययनरत छात्र तथा छात्रा दुवैलाई पनि टिममा समावेश गर्न पाउने व्यवस्था राखिएको आयोजकले जानकारी गरायो । यो प्रतियोगिता लिगकम नकआउट प्रणालीमा हुनेछ । प्रतियोगिताको विजेता र उपविजेतासँगै सर्वोत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, सर्वोत्कृष्ट बलर र सर्वोत्कृष्ट ब्याटरले पुरस्कार पाउनेछन् ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?