Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने


काठमाडौँ। क्वालिटी काठमाडौं स्कुल्स (क्युकेएस) को आयोजनामा आगामी नोभेम्बरमा अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ ।

काठमाडौंमा मंगलवार पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको बारेमा जानकारी दिएको हो । क्युकेएस अन्तर स्कुल क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आगामी नोभेम्बर २० मा धुम्बाराही क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ । खेलहरू १० ओभरका हुनेछन् । क्युकेएसको छातामुनि रहेका २५ स्कुलमध्ये १६ टोलीले प्रतियोगितामा सहभागिता जनाउने आयोजकको अपेक्षा छ ।

प्रतियोगिताका सहभागीले आफ्नो स्कुलमा अध्ययनरत छात्र तथा छात्रा दुवैलाई पनि टिममा समावेश गर्न पाउने व्यवस्था राखिएको आयोजकले जानकारी गरायो । यो प्रतियोगिता लिगकम नकआउट प्रणालीमा हुनेछ । प्रतियोगिताको विजेता र उपविजेतासँगै सर्वोत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, सर्वोत्कृष्ट बलर र सर्वोत्कृष्ट ब्याटरले पुरस्कार पाउनेछन् ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?