Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सरकारले विपद् प्रतिकार्यमा ड्रोनको प्रयोग गर्ने


काठमाडौँ। सरकारले विपद्पछिको प्रतिकार्यका लागि ड्रोनको प्रयोग गर्ने भएको छ ।

मंगलवार गृह मन्त्रालयमा सरकार र नेपाल मानव रहित विमान ड्रोन संघ र नेपाल ड्रोन संघबीच विपद्पछिको प्रतिकार्य (खोज, उद्धार र राहत) का लागि ड्रोनको प्रयोग गर्ने सम्झौता गरेको हो । संघहरुले विपद्पछिको प्रतिकार्यका लागि निःशुल्क चालकसहितको ड्रोन उपलब्ध गराउने सहमति भएको गृहमन्त्री रमेश लेखकले बताए । उनले नेपाल विपद्को धेरै जोखिम भएको भूगोलमा रहेको बताए । विपद् प्रतिकार्यका लागि सरकारले अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँमा सरकार पुगेको बताए । निजी क्षेत्रलाई पनि विपद् प्रतिकार्यमा संलग्न गराइ अघि बढिएको बताए ।

गृहमन्त्री लेखकले भने, ‘हामी विपद्को अत्यन्त ज्यादा जोखिम भएको भूगोलमा छौँ । भूकम्पको जोखिम छ । बाढी, पहिरो, चट्याङ, आगलागी, लू लाग्ने, हिउँ लाग्ने सम्मका जोखिम छन् । हामीले विपद्को पूर्वसूचना र प्रतिकार्यका लागि हमेसा तयार अवस्थामा बस्न जरुरी छ । विपद् पूर्वको सूचना प्रणालीलाई चुस्त दुरुस्त गर्ने, कुन ठाउँमा अत्याधिक वर्षा हुने सम्भावना छ, कुन नदीमा बाढीको सम्भावना छ, कुन ठाउँमा डुबान, पहिरोको सम्भावना छ, यसको सूचना समयमा नै संप्रेषण गरी मानिसको जिउ,ज्यान र सम्पतीको सुरक्षा गर्नेकुरा हो । अर्को विपद् भइसकेपछि प्रतिकार्यको पाटो छ । कुनै ठाउँमा विपद् भयो भने ड्रोको प्रयोग गरेर खोज, उद्धार र आवश्यकता परे राहतसम्म पनि धेरै ज्यादा राहत पठाउन नसके पनि औषधि, तत्काल पिउने पानी पठाउनसक्छौँ । नेपाल मानव रहित विमान ड्रोन संघ र नेपाल ड्रोन संघका सम्पूर्ण पदाधिकारीलाई हृदयदेखि नै हार्दिक धन्यवाद दिन चाहन्छु ।’

गृहमन्त्री लेखकले सरकारले विपद्को प्रतिकार्यका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?