Trending
>>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

प्राप्त अधिकार रक्षाका लागि सबै लागौँः उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले संघर्षबाट प्राप्त अधिकार सुरक्षित गर्न सबैले ध्यान दिनुपर्ने बताएका छन् ।

काठमाडौंमा मंगलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अधिकारसँगै जिम्मेवारी भुल्न नहुने बताए । उनले अधिकारको कुरा पनि उठाउनुपर्ने तर आफ्नो जिम्मेवारी भुल्न नहुने स्मरण गराए । संघर्ष गरेर ल्याएको अधिकार सुरक्षित राख्न पनि सोच्ने समय आएको उनको भनाइ छ । नेपाल टेलिकमलाई अझ राम्रो बनाउने काममा सरकार लागिपर्ने बताए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘अधिकारको कुरा गर्दैगर्दा अधिकारसँगै जिम्मेवारीको कुरा पनि आउँछ । यसमा हामीले ध्यान दिनुपर्छ । अधिकारको कुरा पनि उठाउनुपर्छ तर अधिकार मात्रै भनेर जिम्मेवारी वहन गर्न भुल्नु हुँदैन । प्राप्त गरेको अधिकार हो, त्यत्रो संघर्ष गरेर ल्याएको अधिकार सुरक्षित राख्न पनि सोच्ने समय आएको छ । टेलिकम सरकारकै कम्पनी हो । राजश्व पनि सबैभन्दा बढी बुझाउने संस्था हो । अझ राम्रो गर्न सरकारले गर्ने काम हामी गर्नेछौँ । सेवा सहज बनाउन सरकारले गर्नेछ ।’

उपप्रधानमन्त्री सिंहले ट्रेड युनियनको अधिकार कसैको दयामायाले नदिएको बताए । संविधानको मर्मअनुरुप जनतालाई सुविधान दिनुपर्ने बताए । नकारात्मक कुरा गरेर मात्रै नहुने भन्दै अब समाधानसहित अघि बढ्न जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?