Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

प्राप्त अधिकार रक्षाका लागि सबै लागौँः उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले संघर्षबाट प्राप्त अधिकार सुरक्षित गर्न सबैले ध्यान दिनुपर्ने बताएका छन् ।

काठमाडौंमा मंगलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अधिकारसँगै जिम्मेवारी भुल्न नहुने बताए । उनले अधिकारको कुरा पनि उठाउनुपर्ने तर आफ्नो जिम्मेवारी भुल्न नहुने स्मरण गराए । संघर्ष गरेर ल्याएको अधिकार सुरक्षित राख्न पनि सोच्ने समय आएको उनको भनाइ छ । नेपाल टेलिकमलाई अझ राम्रो बनाउने काममा सरकार लागिपर्ने बताए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘अधिकारको कुरा गर्दैगर्दा अधिकारसँगै जिम्मेवारीको कुरा पनि आउँछ । यसमा हामीले ध्यान दिनुपर्छ । अधिकारको कुरा पनि उठाउनुपर्छ तर अधिकार मात्रै भनेर जिम्मेवारी वहन गर्न भुल्नु हुँदैन । प्राप्त गरेको अधिकार हो, त्यत्रो संघर्ष गरेर ल्याएको अधिकार सुरक्षित राख्न पनि सोच्ने समय आएको छ । टेलिकम सरकारकै कम्पनी हो । राजश्व पनि सबैभन्दा बढी बुझाउने संस्था हो । अझ राम्रो गर्न सरकारले गर्ने काम हामी गर्नेछौँ । सेवा सहज बनाउन सरकारले गर्नेछ ।’

उपप्रधानमन्त्री सिंहले ट्रेड युनियनको अधिकार कसैको दयामायाले नदिएको बताए । संविधानको मर्मअनुरुप जनतालाई सुविधान दिनुपर्ने बताए । नकारात्मक कुरा गरेर मात्रै नहुने भन्दै अब समाधानसहित अघि बढ्न जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?