Trending
>>   आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै >>   संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो, संसद बैठक निर्विघ्न चलाउँछुः अर्जुननरसिंह केसी >>   देशभर एसईई परीक्षा आजदेखि शुरु >>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :…
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

नेपाल प्रहरीलाई प्रश्न : प्राथमिकतामा रासन कि हतियार ?


काठमाडौँ। सांसदहरुले नेपाल प्रहरीलाई हतियार र रासनमा कुन बढी प्राथमिकता हो ? भन्दै प्रश्न गरेका छन् ।

संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्ने सांसदहरूले यस्तो धारणा राखेका हुन् । बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्कीले प्रहरीलाई पर्याप्त मात्रामा रासन र बस्ने उचित व्यवस्था गर्न नसकेको अवस्थामा रासन र बसोवासको व्यवस्थापन प्रथमिकता हो कि हतियार ? भनी प्रश्न गरेका छन्।

सांसद अछामीले भने, ‘एकातिर प्रहरी साथीहरूको पर्याप्त रासन छैन । खानेबस्ने व्यवस्था छैन । अरु सुविधा छैन । हतियार हाम्रो प्राथमिकता हो कि ? व्यवस्थित बस्ने र स्रोत साधनलाई व्यवस्थापन गर्नेकुरा मुख्य हो भन्ने कुरा प्रायोरिटी के हो ? हाम्रो जनशक्ति र आवश्यकता के हो भन्ने कोणबाट सोच्नुपर्ने अवस्था छ ।’

सांसदको प्रश्नमा जवाफ दिँदै प्रहरी महानिरीक्षक दीपक थापाले हतियार खरिदको विषय सरकाको पनि प्राथमिकतामा रहेको उल्लेख गरे । उनले हतियार प्रहरीका लागि नभइ नहुने अवस्था आएकाले नै खरिद गर्न लागिएको स्पष्ट पारे ।

महानिरीक्षक थापाले भने, ‘हतियारका विषय पनि हाम्रो सिलिङभित्र आएका विषयहरू हुन् । यी हाम्रा आवश्यकता हुन् । ननलेथन वेपन्सहरू जस्तो अश्रुग्यास भयो, रबर बुलेट भयो । ब्यारिकेटिङ भेहिकल्सहरु भयो । टुल्स करियर भेहिकल्सहरू भयो । सवारी साधन, ती आएका छन् । यी

हाम्रो संगठनको प्राथमिकीकरणभित्र भएकोले नै नेपाल सरकारबाट प्राप्त (बजेट) भएको छ । र, यसलाई पारदर्शी, जवाफदेही जिम्मेवारीपूर्ण ढंगले गर्नेमै हामी छौँ । पुराना कुराहरू कसरी उठ्यो ? माननीयज्यूहरूले उठाउनुभएकोले मैले राख्नै पर्यो । त्यस्तो केही पनि छैन ।’

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हतियार खरिद नियमविपरित नहुने स्पष्ट पारे । उनले हातहतियार खरिद गर्दा अनियमिता हुन्छ कि भनेर शंका नगर्न पनि सांसदहरूलाई आग्रह गरे ।

उनले भने, ‘नियमभन्दा विपरित हतियार होइन, केही पनि खरिद हुँदैन । औषधिको गोली त हामीले नियम नुसार खरिद गर्छौं भने गोलीहरू, यस्तोमा कुनै पनि शंका गर्नुपर्दैन । नियमविपरित र यहाँहरूले शंका गरेको त्यस्तो काम कुनै हुँदैन ।’

गृहमन्त्री रमेश लेखकले प्रहरीका हतियारहरू पुराना भएका र काम नलाग्ने अवस्था भएका कारण सरकारले हतियार किन्ने तयारी गरेको उल्लेख गरे । केही महिनाअघि तीनकुनेमा भएको राजावादी प्रदर्शनमा प्रहरीले हानेको टियरग्यास डेट एक्सपायर भएको भन्ने चर्चाबारे प्रशंग निकाल्दै मन्त्री लेखकले नयाँ नकिनेसम्म पुरानै हान्नुपर्ने अवस्था रहेको उल्लेख गरे । हतियार खरिद गर्दा कानूनसम्मत र पारदर्शिता कायम रहने गृहमन्त्रैको भनाई थियो ।

उनले भने, ‘टियरग्यास हान्नुपर्या । डेट एक्सपायर टियर ग्यास हान्यो भन्ने कुरा उठ्यो । अब टियरग्यास नयाँ किनेन भने त डेट एक्सपायर हान्नुपर्ला नि । अनि डेट एक्सपायर हान्ने कि नयाँ किन्ने ? किन्नुपर्छ । त्यसो भएको हुनाले आवश्यक हतियार किनिन्छ । कानुन बमोजिम किनिन्छ । पारदर्शी ढंगले किनिन्छ । र चालु आर्थिक वर्षको सिमाभित्र बसेर किनिन्छ ।’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ मा प्रश्तुत गर्नुभएको बजेटमा ‘प्रहरीका लागि हतियार तथा सुरक्षा उपकरण खरिद गर्न’ भनेर ९२ करोड विनियोजन गरिएको छ । करिव ३ वर्षदेखि अड्किएको हतियार खरिद गर्ने प्रक्रिया प्रहरीले फेरि अघि बढाउन लागेको हो ।


प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?