Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी


काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कार्बन व्यापार सम्बन्धी नियमावली अन्तिम चरणमा पुर्योएको र केही दिनभित्रै पास हुने बताएका छन् ।

मंगलवार नेपाली काँग्रेसको केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्बन सम्बन्धी नियमावली बनेपछि कार्बन व्यापारमा सहजता हुने उल्लेख गरे । उनले जलवायु परिवर्तनको असर विश्वभर नै ठूलो चुनौति बनेको बताए । यसका असरहरु विशेष गरी नेपाल जस्तो अल्पविकसित र संवेदनशील भूबनावट भएको देशहरुमा बढी देखिन थालेको बताए । परिणमतः केही दिनअघि रसुवा, केही समयअघि हुम्लाको तिलागाउँ र मुस्ताङमा हिमताल विष्फोट भइ ठूलो क्षति व्यहोर्नुपरेको बताए । जलवायु परिवर्तनको जोखिम दिन प्रतिदिन बढिरहेको बताए ।

मन्त्री ठकुरीले भने, ‘अहिलेको परिवेशमा जलवायु परिवर्तनले विश्वमा ठूलो चुनौति थपिएको छ । यसका असरहरु विशेष गरी नेपाल जस्तो अल्पविकसित र संवेदनशील भूबनावट भएको देशहरुमा बढी देखिन थालेको छ । यसै असर स्वरुप हामीले केही दिनअघि रसुवा, केही समयअघि हुम्लाको तिलागाउँ र मुस्ताङमा हिमताल विष्फोट भइ ठूलो क्षति व्यहोर्नुपरेको छ । तराई मधेसमा सुख्खा खडेरी छ । पानीको हाहाकार छ । यो सबै जलवायु परिवर्तनको परिणाम हो । यो अवस्था दिन प्रतिदिन बढ्दै जानेछ । वन तथा वातावरण मन्त्रालयले पहल र प्रयास गरिरहेको छ । एनडिसी ३ भर्खरै हामीले सार्वजनिक गरेका छौँ, यो अहिले युएनएफसीसीसीमा पेश गरिसकेका छौँ । कार्बन व्यापार सम्बन्धी नियमावली अन्तिम चरणमा पुर्याएका छौँ । केही दिनभित्रै यो पास हुनेछ र यसले कार्बन व्यापारमा सहजता ल्याउनेछ ।’

मन्त्री ठकुरीले मधेसमा पानीको हाहाकार हुनु पनि जलवायु परिवर्तनकै असर रहेको बताएका छन् ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?