Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी


काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कार्बन व्यापार सम्बन्धी नियमावली अन्तिम चरणमा पुर्योएको र केही दिनभित्रै पास हुने बताएका छन् ।

मंगलवार नेपाली काँग्रेसको केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्बन सम्बन्धी नियमावली बनेपछि कार्बन व्यापारमा सहजता हुने उल्लेख गरे । उनले जलवायु परिवर्तनको असर विश्वभर नै ठूलो चुनौति बनेको बताए । यसका असरहरु विशेष गरी नेपाल जस्तो अल्पविकसित र संवेदनशील भूबनावट भएको देशहरुमा बढी देखिन थालेको बताए । परिणमतः केही दिनअघि रसुवा, केही समयअघि हुम्लाको तिलागाउँ र मुस्ताङमा हिमताल विष्फोट भइ ठूलो क्षति व्यहोर्नुपरेको बताए । जलवायु परिवर्तनको जोखिम दिन प्रतिदिन बढिरहेको बताए ।

मन्त्री ठकुरीले भने, ‘अहिलेको परिवेशमा जलवायु परिवर्तनले विश्वमा ठूलो चुनौति थपिएको छ । यसका असरहरु विशेष गरी नेपाल जस्तो अल्पविकसित र संवेदनशील भूबनावट भएको देशहरुमा बढी देखिन थालेको छ । यसै असर स्वरुप हामीले केही दिनअघि रसुवा, केही समयअघि हुम्लाको तिलागाउँ र मुस्ताङमा हिमताल विष्फोट भइ ठूलो क्षति व्यहोर्नुपरेको छ । तराई मधेसमा सुख्खा खडेरी छ । पानीको हाहाकार छ । यो सबै जलवायु परिवर्तनको परिणाम हो । यो अवस्था दिन प्रतिदिन बढ्दै जानेछ । वन तथा वातावरण मन्त्रालयले पहल र प्रयास गरिरहेको छ । एनडिसी ३ भर्खरै हामीले सार्वजनिक गरेका छौँ, यो अहिले युएनएफसीसीसीमा पेश गरिसकेका छौँ । कार्बन व्यापार सम्बन्धी नियमावली अन्तिम चरणमा पुर्याएका छौँ । केही दिनभित्रै यो पास हुनेछ र यसले कार्बन व्यापारमा सहजता ल्याउनेछ ।’

मन्त्री ठकुरीले मधेसमा पानीको हाहाकार हुनु पनि जलवायु परिवर्तनकै असर रहेको बताएका छन् ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?