Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

मगर खाम भाषा संरक्षणमा चासो


४ चैत्र ,तुलसीपुर ।दाङमा मगर खाम भाषा संरक्षणमा चासो दिइएको छ । मगर खाम भाषामा नयाँ पुस्ताले चासो दिन थालेको भन्दै खाम भाषा संरक्षण गर्न थालिएको हो । मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्र दाङले यो अभियान थालेको हो ।

“मगर संस्कार, संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्नका लागि हामी सक्रिय छौँ”, प्रतिष्ठानका अध्यक्ष कृतिमान पुनले भने, “पछिल्लो समय नयाँ पुस्ताले मगर खाम भाषामा चासो दिन छोडेका छन् ।” परम्परागत खाम भाषा बोल्ने भाषिक समुदायको अभाव हुँदा यो भाषा लोप हुँदै गएको उनको भनाइ छ ।

यो भाषा बोल्ने पुराना व्यक्तिको मृत्यु हुनु र नयाँ पुस्तामा खाम भाषा स्थानान्तरण नहुँदा लोप हुँदै गएको उनले बताए । रिडीको पश्चिम भाग दाङ हुँदै कर्णाली प्रदेशसम्म बोलिने १८ मगरातको (खाम) रिडीको पूर्वी भागमा बोलिने १२ मगरातको (मैढुट) र सुदूरपश्चिममा बोलिने (काइकेल) भाषा मगर समुदायका प्रमुख भाषीका रहेका छन् ।मगर भाषाको खास लिपि पनि छैन ।

“अख्का लिपि हो भनेर भ्रममा पार्ने गरिन्छ”, पुनले भने, “तर, त्यो मगरको लिपि होइन, त्यसैले देवनागरिक नै हामीले स्वीकारेका छौँ”, रोल्पा, रुकुमबाट दाङ बसाइँसराइ गरी आएका मगर समुदायको मुख्य भाषा खाम भए पनि यो समुदायमा नेपाली भाषाको प्रभाव धेरै रहेको उएको भनाइ छ ।

बालबच्चाले नै पहिलो भाषाका रुपमा नेपाली भाषामा बोलचाल गर्न थालेसँगै खाम पूरै लोप हुने अवस्था रहेको उनले बताए । नेपालमा २५ लाख मगर समुदाय रहे पनि करिब १९ लाखले मात्रै मगर भाषा बोल्ने गर्छन् ।


प्रकाशित मिति: ४ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?