Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

विकासमा अवरोध हुनु हुँदैनः सांसद भण्डारी


काठमाडौँ। नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले विकास कुनैपनि नाममा अवरोध हुन नहुने बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठक बस्दै उनले यस्तो बताएका हुन् । उनले विकासका नाममा विरोध गरेर मुलुक सधैँ नचल्ने बताए । मौजुदा कानूनको कारणले सधैँ जनताले दुःख पाइरहने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताए । कुनैपनि कानूनी अल्झनको आधारमा विकासमा अवरोध हुन नहुने बताए । नियतवश काम नगर्ने ठेकेदारलाई कानूनी प्रावधान देखाएर तत्काल कानूनी दायरामा ल्याउन माग गरे ।

सांसद भण्डारीले भने, ‘विकास कुनैपनि नाममा अवरोध हुनु हुँदैन । यसरी मुलुक सधैँ चल्छ त । मौजुदा कानूनको कारणले सधैँ जनताले दुःख पाइरहनुपर्ने ? कुनैपनि कानूनी अल्झनको आधारमा अवरोधको काम भइरहेको छ । नियतवश काम नगर्ने ठेकेदारलाई कानूनी प्रावधान देखाएर अन द स्पोट कानूनको दायरामा ल्याउने कामन चाहियो । स्थानीय रुपमा हुने अवरोध निषेध हुने अवस्था निर्माण गरौँ ।’

सांसद भण्डारीले विकासका काममा अवरोध गर्ने कार्यकर्तालाई त्यसो गर्न नदिने कानूनी व्यवस्थ गर्नुपर्ने बताए । कानूनी रुपबाट मुलुकलाई सञ्चालन गर्नुपर्ने बताए ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?