Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

विकासमा अवरोध हुनु हुँदैनः सांसद भण्डारी


काठमाडौँ। नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले विकास कुनैपनि नाममा अवरोध हुन नहुने बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठक बस्दै उनले यस्तो बताएका हुन् । उनले विकासका नाममा विरोध गरेर मुलुक सधैँ नचल्ने बताए । मौजुदा कानूनको कारणले सधैँ जनताले दुःख पाइरहने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताए । कुनैपनि कानूनी अल्झनको आधारमा विकासमा अवरोध हुन नहुने बताए । नियतवश काम नगर्ने ठेकेदारलाई कानूनी प्रावधान देखाएर तत्काल कानूनी दायरामा ल्याउन माग गरे ।

सांसद भण्डारीले भने, ‘विकास कुनैपनि नाममा अवरोध हुनु हुँदैन । यसरी मुलुक सधैँ चल्छ त । मौजुदा कानूनको कारणले सधैँ जनताले दुःख पाइरहनुपर्ने ? कुनैपनि कानूनी अल्झनको आधारमा अवरोधको काम भइरहेको छ । नियतवश काम नगर्ने ठेकेदारलाई कानूनी प्रावधान देखाएर अन द स्पोट कानूनको दायरामा ल्याउने कामन चाहियो । स्थानीय रुपमा हुने अवरोध निषेध हुने अवस्था निर्माण गरौँ ।’

सांसद भण्डारीले विकासका काममा अवरोध गर्ने कार्यकर्तालाई त्यसो गर्न नदिने कानूनी व्यवस्थ गर्नुपर्ने बताए । कानूनी रुपबाट मुलुकलाई सञ्चालन गर्नुपर्ने बताए ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?