Trending
>>   एकै महिनामा एक लाख २० हजार पर्यटक भित्रिए >>   रेमिट्यान्स कम्पनीहरूको न्युनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप >>   आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै >>   संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो, संसद बैठक निर्विघ्न चलाउँछुः अर्जुननरसिंह केसी >>   देशभर एसईई परीक्षा आजदेखि शुरु >>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह


काठमाडौँ। पूर्वाधार विकास समितिका समापति दीपकबहादुर सिंहले कलंकी–नारायणगोपाल चोक– कोटेश्वर क्षेत्रमा भइरहेको चक्रपथ विस्तारका क्रममा पहिलेका गल्ती नदोहोर्याउन आग्रह गरेका छन्।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सिंहले रिङरोड बिस्तार गर्दा कहाँनेर ओभरपास वा अण्डरपास राख्ने हो, अहिले नै स्पष्ट हुनुपर्ने बताएका हुन् । आवश्यक ठाउँमा ओभरपास नराख्दा पछि थप्नुपर्ने र आवश्यक नएको ठाउँमा राख्दा पछि भत्काउनुपर्ने परिपाटीले लागत र समय दुवै खेर गएकोतर्फ उहाँले यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराए ।

सभापति सिंहले भने, ‘हिजोका दिनको बल्खु अण्डरपासको बारेमा हामीहरूले धेरै कुरा भोगि पनि सकेका छौँ । जुन यो चक्रपथको १.२ किलोमिटर छ, त्यसको लागि पनि डीपीआर गर्दाखेरी चाहिने मात्रामा अति आवश्यक हुने ठाउँमा फ्लाइओभर ब्रिज वा अण्डरपासको लागि पनि अहिले नै सोच्नुपर्ने अवस्था छ । किनकी हिजो रिङरोडमा चाइनिजले बनाइसकेपछि वर्षौंसम्म बनेको ब्रिजलाई उखेलेर, समय पनि, लागत पनि हाम्रो ठूलो मात्रामा बालुवामा पानी हालेजस्तो भएको छ । अब उप्रान्त रिङरोडको कोटेश्वर– नारायणगोपाल चोक–चाबहिल एरिया–गौशाला (सातदोबाटो र स्वयम्भू एरियामा पनि) कहाँ अति आवश्यक छ, बाइपास’ ? अण्डरपास वा फ्लाइओभर ? अहिले देखि नै डीपीआर बनाइकन जान पनि समितिले अनुरोध गर्दछ । जुन हिसाबबाट हिजोका दिनबाट बल्खुबाट सिकेका छौँ, कमि कमजोरी भएको छ, अब सकेसम्म नयाँ बन्न गएको रिङरोडमा चाहिने पूर्वाधारहरू पूरा कम्प्लिट गरिकन, जुन अन्डरपास बनेको छ, त्यो ठाउँबाट निस्केपछि त अगाडि पट्टि त जामै जाम छ नि। त्यसकारण यो रिङरोड निर्माण गर्न गइरहेका छौँ, हरेक ठाउँमा, अतिआवश्यक ठाउँमा फ्लाइओभर वा अण्डरपासको लागि अहिले देखि नै डीपीआरमा राख्न समितिबाट मन्त्रालयलाई अनुरोध गर्दछौँ ।’

उनले कलंकी–बल्खु क्षेत्रमा बनेका संरचना, त्यहाँ हुने सवारी जाम लगायतका कुराबाट सिकेर नयाँ—नयाँ पूर्वाधार निर्माण गर्न पनि जोड दिए ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?