Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

गाजामा सहायता केन्द्रमा भएको आक्रमणबाट २१ जनाको मृत्यु


एजेन्सी। दक्षिणी गाजा पट्टीको खान युनिसमा रहेको सहायता वितरण केन्द्रमा २१ जना प्यालेस्टिनीहरूको मृत्यु भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमध्ये १५ जनाको मृत्यु भीडमा ग्यास छरेपछि भएको भागदौडका कारण निसास्सिएर भएको स्वास्थ्य अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् ।

पहिलो पटक, सहायता वितरण केन्द्रहरूमा नागरिकहरूमा निसास्सिएर र गम्भीर भागदौडका कारण मृत्यु भएको हो । अमेरिका समर्थित गाजा मानवीय फाउन्डेसनका अनुसार भीडमा आन्दोलनकारीहरूले ग्यास छर्किएका थिए ।

कमजोर व्यवस्थापन र सञ्चालन कारण यस्ता दुर्घटना हुने गरेको अध्ययन टोलीको निष्कर्ष छ ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?