Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

वातावरणमैत्री विकास आवश्यक छः सांसद बस्नेत


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले वातावरणमैत्री विकास आवश्यक रहेको बताएका छन् ।

सिंहदरबारमा शुक्रवार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनको प्रभावका कारण नेपालले धेरै समस्या व्यहोरिरहेको भन्दै त्यसमा विशेष ध्यान दिनुपर्ने बताए । उनले नेपालले जलवायु परिवर्तनका निम्ति असर पर्ने काम कम गरेपनि त्यसको प्रत्यक्ष प्रभाव बढी व्यहोरिरहेको बताए । सडकमा उत्पन्न समस्याको समाधान कसरी गर्ने ? भन्नेमा अहिले केन्द्रित हुन जरुरी रहेको बताए ।

सांसद बस्नेतले भने, ‘हामी वातावरणमैत्री, आदि इत्यादि कुराहरु गरिरहेका छौँ । यो पनि ठिकै छ । यो गर्नैपर्ने कुरा पनि हो । वातावरणमैत्री विकासको कुरा नराम्रो कुरा होइन । क्लाइमेट चेन्जदेखि जेजे कारणले वातावरण विनाश हुँदै गइरहेको छ, यो कारण त हाम्रो कारणले भन्दा हामी त्यसको प्रभावबाट भिक्टिम भइरहेका छौँ । हामी इमिसन घटाउने भन्नेबारेमा सबैभन्दा ठूलो चिन्ता छ, जहाँ हामी त्यसको निम्ति कम जिम्मेवार छौँ । त्यो उत्पन्न समस्याको समाधान कसरी गर्ने भन्नेबारेमा हामीले अलमलमा छौँ ।’

सांसद बस्नेतले सरकारले कति गर्नसक्छ त्यति मात्रै गर्नुपर्ने बताए । लागू नहुने कुरा गरेर त्यसमै रमाएर बस्ने कुरा राम्रो नभएको बताएका छन् ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?