Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

वातावरणमैत्री विकास आवश्यक छः सांसद बस्नेत


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले वातावरणमैत्री विकास आवश्यक रहेको बताएका छन् ।

सिंहदरबारमा शुक्रवार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनको प्रभावका कारण नेपालले धेरै समस्या व्यहोरिरहेको भन्दै त्यसमा विशेष ध्यान दिनुपर्ने बताए । उनले नेपालले जलवायु परिवर्तनका निम्ति असर पर्ने काम कम गरेपनि त्यसको प्रत्यक्ष प्रभाव बढी व्यहोरिरहेको बताए । सडकमा उत्पन्न समस्याको समाधान कसरी गर्ने ? भन्नेमा अहिले केन्द्रित हुन जरुरी रहेको बताए ।

सांसद बस्नेतले भने, ‘हामी वातावरणमैत्री, आदि इत्यादि कुराहरु गरिरहेका छौँ । यो पनि ठिकै छ । यो गर्नैपर्ने कुरा पनि हो । वातावरणमैत्री विकासको कुरा नराम्रो कुरा होइन । क्लाइमेट चेन्जदेखि जेजे कारणले वातावरण विनाश हुँदै गइरहेको छ, यो कारण त हाम्रो कारणले भन्दा हामी त्यसको प्रभावबाट भिक्टिम भइरहेका छौँ । हामी इमिसन घटाउने भन्नेबारेमा सबैभन्दा ठूलो चिन्ता छ, जहाँ हामी त्यसको निम्ति कम जिम्मेवार छौँ । त्यो उत्पन्न समस्याको समाधान कसरी गर्ने भन्नेबारेमा हामीले अलमलमा छौँ ।’

सांसद बस्नेतले सरकारले कति गर्नसक्छ त्यति मात्रै गर्नुपर्ने बताए । लागू नहुने कुरा गरेर त्यसमै रमाएर बस्ने कुरा राम्रो नभएको बताएका छन् ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?