Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छः मन्त्री दाहाल


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सडक संरचना बनाउने कुरामा सरकारले ध्यान दिइरहेको बताएका छन् ।

पूर्वाधार विकास समितिको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानले पनि र मन्त्रालयले पनि अपाङ्गमैत्री र वातावरणमैत्री सडक संरचना बनाउने कुरा गरेको भन्दै त्यसमा आफूहरु लागिरहेको उल्लेख गरे । ठाउँ ठाउँमा लिफ्टको व्यवस्था गर्ने, आकाशे पुल बनाउने कुरामा मन्त्रालयले योजनावद्ध रुपमा काम गरिरहेको बताए । एड्भान्स लिफ्ट नै राख्ने प्रश्ताव दातासँग राखेको पनि बताए । कतिपय ठाउँमा सडक विस्तारका लागि मुआब्जा दिनसक्ने अवस्था समेत नरहेको बताए ।

मन्त्री दाहालले भने, ‘विस्तारै विस्तारै हामीले हाम्रो संविधानमा पनि र हाम्रो मन्त्रालयकै पनि वातावरणमैत्री, डिसेबलमैत्री सवारी संरचनाहरु बनाउनुपर्छ भन्ने छ । त्यो गर्दा हामीले लिफ्टको पनि कुरा अघि सारेका छौँ । ठाउँ ठाउँमा ज्येष्ठ नागरिकहरुको लागि लिफ्ट राखेर आकाशे पुलबाट क्रस गर्ने योजना छ । एड्भान्स लिफ्ट नै राख्ने प्रश्ताव गरेका छौँ । दातासँग अनुरोध गरेका छौँ । वसुन्धरा भन्दा अगाडि बनाउन किन सकिएन भने नेपाल सरकारले नसक्ने भयो । मुआब्जा दिन्छु भन्दा पनि नसक्ने अवस्था छ । त्यहाँ भन्दा उता नेपाल सरकारले नै बनाउने र ठाउँ ठाउँमा बनाइरहेको पनि छ । रकम थोरै भएकाले गति धिमा नै छ । कोटेश्वरसम्म नै जोड्नुपर्ने भएको छ ।’

मन्त्री दाहालले काम अघि नबढिरहेको बेलामा समितिसँग छलफल हुनु राम्रो भएको बताए ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?