Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

चक्रपथ विस्तारको काम सधैँ ‘होल्ड’मा राख्ने भए विकल्प खोज्नुपर्छः सांसद ज्वाला


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कलंकी–नारायणगोपाल चोक–कोटेश्वर चक्रपथ विस्तारको काम छिटो काम अगाडि बढाउन आग्रह गरेका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको संसदको पूर्वाधार विकास समितिको बैठकमा उनले यस्तो आग्रह गरेका हुन् । सांसद ज्वालाले चिनियाँ कम्पनीले निर्माण गर्न लागेको चक्रपथ विस्तारको काम सँधै ‘होल्ड’ मा राख्ने हो भने विकल्प खोज्नुपर्ने बताए । सांसद ज्वालाले सर्वसाधारणलाई प्राविधिक कुरा वा सरकारी प्रक्रियासँग सरोकार नभएको भन्दै सबैले छिटो परिणाम खोजेको स्पष्ट पारे । काम शुरु हुने हो भने कहिलेदेखि हुने र नहुने भए विकल्पका लागि तयार रहन पनि उनले आग्रह गरे । सांसद ज्वालाले राजधानीकै सडकको बेहाल हुनु लाजमर्दो कुरा भएको बताए । उनले दुर्गमतिर, कर्णाली वा सुदूरपश्चिमतिर झन् कस्तो अवस्था होला भन्दै प्रश्न गरे ।

उनले भने, ‘तुरुन्तै अगाडि बढ्छ भन्ने वचन सँधै आइरहने तर ठोस रुपमा अगाडि नबढ्ने । यो समस्या हामीले पहिल्येदेखि भोग्दै आएको हो । खासै काम अगाडि बढेको देखिँदैन । प्रक्रियागत झमेला, प्रक्रियागत ढिलाई, यो असाध्यै झन्झटिलो देखिन्छ । खासमा यसको डिटेल, प्रक्रिया त बताउनु भयो, तर मूल सरोकार भनेको त समिति वा पब्लिकको के हो भने यसको ढिलाई किन भयो छिटो काम शुरु हुनुपर्यो भन्ने हो । टेक्निकल कुरामा जानु पनि परेन । छिटो काम सुर हुनुप¥यो । अब नहुने हो भने विकल्प खोज्नुपर्यो । होल्डमा मात्रै राख्न भएन । हुने हो भने कहिलेदेखि सुरु हुने हो, कसरी शुरु हुने हो, कहाँ कहाँ त्यसको स्टेप पुग्ने हो ? अब नहुने हो भने विकल्प पनि खोज्नुपर्यो ।’

उनले चक्रपथ विस्तारको काम छिटो शुरु गर्न आग्रह गर्दै सरकारको तर्फबाट गर्नुपर्ने कामको बारेमा स्पष्ट पार्न आग्रह गरे ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?