Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

देशभरबाट नौमती बाजा सहित नेपाल र यूएईको खेल हेर्न किर्तिपुर आउने तयारीमा ‘एमआरआर’ का सदस्य


काठमाडौंः सामाजिक कार्यमा सक्रिय फेसबुक समूह मेन्स रुम रिलोडेड (एमआरआर)का सदस्यहरु नेपाल र यूएईबिच बिहिबार हुने अन्तिम क्रिकेट खेल हेर्न नेपालि नौमती बाजा सहित काठमाडौं आउने तयारी गरेका छन् ।काठमान्डौ उपत्यका लगायत उपत्यका बाहिरबाट सयौको सङ्ख्यामा बस रिजर्भ गरेर काठमाडौं आउने तयारी गरेका हुन ।

सो समूहका सदस्यहरुले एकुरेट खबरलाई दिएको जानकारी अनुसार नेपाल क्रिकेटले पाएको सफलता खुसि,अन्तिम खेलमा टिमलाइ हौसला दिन,खेलाडी र ब्यवस्थापनले खेलेको भुमिका,समर्थकहरुले दिनुभएको साथ सहयोग र सिरिजको अन्तिम खेलमा पाहुना टोलिको इज्जत र सम्मानको लागि बाजासहित मैदानमा आउने तयारि तिब्र वनाएका हुन. सो समूहका सदस्यहरुले नेपाली मौलिकता बोकेको बाजा सहित मैदानमा नेपाली क्रिकेट टीमलाई हौसला दिन आउन लागेका हुन् ।

उनीहरु नेपालको झण्डा र एमआरआर ब्यानर सहित मैदानमा आउने तयारी गरिरेहका छन् । बिश्वकप क्रिकेट डिभिजन लिग २ अन्तरगतको चैत २ मा किर्तिपुर मैदानमा हुने यो खेल नेपाललाइ जित्नै पर्ने दबाद छ.यो खेल नेपालले जिते अर्को बर्ष जिम्बाबे मा हुने एकदिबसिय बिश्वकप ग्लोबल छनोटमा सिधै आफ्नो स्थान बनाउनेछ।

 


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?