Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

ए डिभिजन लिगः आज तीन खेल हुँदै


काठमाडौ :शहीद स्मारक ए डिभिजन फुटबल अन्तर्गत आज ३ खेल हुँदैछन् ।एक खेल च्यासल मैदानमा हुनेछ भने दुई खेल दशरथ रंगशालामा हुनेछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा संकटा क्लव र चर्च ब्वाइज युनाईटेडबीच प्रतिष्पर्धा हुनेछ । संकटा र चर्च ब्वाइजबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । संकटा आज दोस्रो जितको खोजीमा हुनेछ । संकटा ३ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ । नवप्रवेशी चर्च ब्वाइज लगातार चौथो जितको खोजीमा
हुनेछ । चर्च ब्वाइज ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

यस्तै रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लव र फ्रेन्ड्स क्लवबीच प्रतिष्पर्धा हुनेछ । जावलाखेल र फ्रेन्ड्सबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । रंगशालामा हुने दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लव र नेपाल पुलिस क्लव भिड्नेछन् । खेल साँझ ५ः३० बजे शुरु हुनेछ ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?