Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज


काठमाडौ : आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक बिहान ११ः३० बजे समितिको सभाकक्षमा बस्नेछ ।

आजको बैठकमा आगामी आ.व. २०८०/८१ को बजेट तर्जुमाका सन्दर्भमा वित्तिय हस्तान्तरण, राजश्व बाँडफाँट लगायत राष्ट्रिय
प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका सिफारिस र कार्यान्वयनको अवस्था, संघीयता कार्यान्वयको बिषयमा छलफल हुनेछ।

त्यस्तै अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको वित्तिय संघीयता सम्बन्धी सिफारिसको कार्यान्वयन अवस्था, आ.व. २०८०/८१ को बजेटको प्राथामिकता, वित्तीय हस्तान्तरण, राजश्व परिचालन र खर्चको अनुमान, चालु आ.व.को राजश्व परिचालन तथा खर्चको अवस्थाका बारेमा छलफल हुनेछ । छलफलका लागि  अर्थसचिव, राष्ट्रिय योजना आयोगका सचिव र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई बोलाइएको छ ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?