Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

दोलखाका खेलाडीहरुका लागि नेतृ संगीता पाख्रिनले स्थापना गरिन अक्षय कोष


दोलखा । नेकपा एकीकृत समाजवादीकी नेतृ संगीता पाख्रिनले दोलखाको खेलाडीहरुका लागि अक्षय कोष स्थापना गरेकी छिन् । भीमेश्वर नगरपालिका ९ ले आयोजना गरिएको अध्यक्ष कप उद्घाटन समारोहमा सम्बोधन गर्दै पाख्रिनले अक्षय कोष स्थापनाको घोषणा गरेकी हुन् ।

अक्षय कोष घोषणा गरेकी पाख्रिनले औपचारिक समारोहमा १० हजार घोषणा गरिन । १० वर्षसम्म दोलखाको खेलाडीको लागि अक्षय कोषमा सहयोग गर्ने प्रतिबद्धता समेत गरेकी थिइन । उनले अक्षय कोषमा जम्मा भएको रकमले खेलाडीहरु दुर्घटनामा पर्दा आर्थिक अभावका कारण छटपटिनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरिन ।

‘म कुनै समय भलिबल खेलाडी थिए । यसकारण खेल क्षेत्र मेरो अभिरुचिको विषय हो । खेल र खेलाडीको आत्माविश्वास जगाउनुपर्छ,’ नेकपा एस दोलखाको उप सचिव समेत रहेकी पाख्रिनले भनिन्,‘दोलखा जिल्लाको खेलाडीको लागि अक्षय कोष स्थापना गर्छु ।’

अन्तराष्ट्रिय जगतमा कुटनीतिक सम्बन्ध नभएको अवस्थामा समेत खेल क्षेत्रले नेपाल चिनाउने भएकाले खेलाडीको सम्मानका लागि अक्षय कोष स्थापना गरिएको बताइन । ०७९ को स्थानीय तहको निर्वाचनमा भीमेश्वर नगरपालिकाको उप मेयरको उम्मेदवार रहेकी पाख्रिनले भीमेश्वरको खेलाडी सदैब सक्षम र अब्बल हुनुपर्नेमा जोड दिइन । यसका लागि आफुले सक्ने सहयोग गर्ने धारणा राखिन । पाचौं र छैटौंको छेत्रीय भलिबल खेलाडी रहेकी पाख्रिन दोलखामा सक्रिय राजनीति गर्छिन ।

भीमेश्वर नगरको वडा–९ को वडा अध्यक्ष हिमाल श्रेष्ठको सभाध्यक्षतमा कार्यक्रम भएको थियो । करिब ३५ सय मिटर उचाइमा भएका अध्यक्ष कप कार्तिक १९ गतेसम्म हुने छ । उद्घाटन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका सांसद भरत बहादुर केसी, यस्तै, एनफाका उपाध्य दावा लामा, नेकपा एमालेका उपाध्यक्ष राजेन्द्र मानन्धर लगाएको सहभागीता रहेको थियो ।


प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?