Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको छः अर्थमन्त्री


२९,असार ,काठमाडौँ ।अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडी बढेको बताउनुभएको हो । उहाँले मुल्यवृद्धि पनि विगतको भन्दा घटेको बताउनु भयो । उहाँले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘यसपाली करको दायरा फराकिलो पारेका छौँ । यसले गर्दा राजश्व बढ्छ भन्ने हामीलाई विश्वास छ । सबैतिरको यसमा सहयोग चाहिन्छ । अर्थतन्त्र बिस्तारै चलायमान हुँदैछ । मूल्यवृद्धि पनि घटेको छ । पछिल्लो समयभन्दा अहिले घटेको छ । सकारात्मकतातर्फ अर्थतन्त्र बढेको छ । ब्याजदर पनि अलिकता सहजता हुन बित्तिकै थप चलायमान हुन्छ । यसले राजस्व वृद्धि हुने प्रशस्त आधार यसले दिन्छ । र हामी स्वास्थ्य क्षेत्रमा अझ ज्यादा स्वास्थ्य जोखिम शुल्क मात्रै होइन कि अरु धेरै बिनियोजन गर्नुपर्ने आवश्यकता छ ।

त्यसतर्फ सरकार गम्भिरताका साथ लाग्छ । माननीयज्युहरुले राखेको सुझावलाई हामी सहश्र आत्मसात् गर्छौ । र आउने दिनमा स्वास्थ्य क्षेत्रमा अझ बढी कसरी विनियोजन गर्न सकिन्छ ? र गाउँ गाउँ दुर्गम क्षेत्रमा समेत न्यूनतम स्वास्थ्य उपचार र रोकथामको सुनिश्चिता गर्ने, बेसिक हेल्थ केयर सुनिश्चित गर्ने जुन राज्यको लक्ष्य छ, त्यो पूर्ति गर्नेतर्फ हामी क्रियाशिल हुन्छौँ।’

अर्थमन्त्री महतले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गर्ने बताउनु भयो ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?