Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

खडेरीले मकैको बिरुवा सुक्न थालेपछि कृषक चिन्तित


३० वैशाख ,उदयपुर । उदयपुरमा खडेरीका कारण मकैको बिरुवा सुक्न थालेपछि किसान चिन्तित भएका छन् । ढिलो गरी चैतको अन्तिमतिर मकै रोपिए पनि त्यसयता वर्षा नभएका कारण जिल्लाको पहाडी क्षेत्रमा मकैका बिरुवा मर्न थालेपछि किसानलाई चिन्ता भएको हो ।

चैतको अन्तिमदेखि यता आएर एकपटक पनि वर्षा नभएपछि जिल्लाको पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, ताम्लीछा, बराह, जाँते बासबोटेसहित रौतामाई गाउँपालिकाको भुटार, इनामे, नामेटार, रामेटार आपटार क्षेत्रका कृषक लामो खडेरीका कारण मकैको बिरुवा मर्न थालेको भन्दै चिन्तित बनेका हुन् ।

रौतामाई गाउँपालिका–४ पाँबुका कृषक वीन्द्रबहादुर मगरका अनुसार राम्ररी हुर्कँदै गरेको मकैका बिरुवा खडेरीको कारण अहिले धामधम ओइलाउन थालेका र पात सुक्न थालेका कारण आफूहरू चिन्तित बनेको बताउँछन् ।

चैत अन्तिम हप्तादेखि खडेरी लागेको र अहिलेसम्म एकझर वर्षा हुन नसकेका कारण खेतबारीमा लगाएको सबै मकैका बिरुवा ओइलाएर मर्न थालेको रौतामाई आपटारका कृषक वीरबहादुर कटुवाल बताउछन् । यता जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिका–३ दनुवारबेँसीका कृषक धनबहादुर दनुवार भन्छन्, “राम्ररी मकैको बिरुवा हुर्कन लागेका बेला कडा खडेरी सुरु भएकाले विरुवा मर्न थालेपछि आफूहरूलाई चिन्तित बनाएको छ ।”

पिपलभन्ज्याङका कृषक राजबहादुर राई भन्छन्, “वैशाखको सुरुमा खडेरी सुरु भए पनि मकैको बिरुवा त मर्दैन होला भन्ने थियो, तर झनै खडेरी बढ्दै गएको र वर्षा नभएपछि मकैको बिरुवा मर्न थालेका कारण यसपटक मकैखेती बर्बाद हुने अवस्था आएको छ ।”

खडेरीको कारण जिल्लाको तराई क्षेत्रमा पनि मकैको बिरुवा सुक्न थालेका छन् । पहाडी क्षेत्रको मुख्य अन्नबालीका रूपमा रहेको मकै बाली खडेरीको कारण नष्ट भए भोकमरीको सामना गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै कृषक चिन्तित बनेका छन् ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?