Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा


काठमाडौँ। नेकपा एमाले सांसद छविलाल विश्वकर्माले जनताको अवस्था बदल्नका लागि सबै लाग्नुपर्ने बताएका छन् ।

बुधवार काठमाडौंमा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सबैले लडेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था ल्याएको भएपनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताए । जनताको अवस्था बदल्नका लागि आफूहरु निरन्तर लागिरहेको बताए । जनताको अवस्था परिवर्तन गर्ने अभियान नटुंगिएको जिकिर गरे । अर्थात आधारभुत तहका विभिन्न वर्ग समुदायका जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकता भएको बताए । व्यवस्था बदलियो भनेर हामीले चित्त बुझाएर सन्तोष मानेर आफूहरु नबसेको भन्दै अब अवस्था, सामाजिक स्थिति, सांस्कृतिक स्थिति, जनताको समताको सद्भाव मानव मर्यादाको परिस्थिति निर्माण गर्नु मुख्य उद्देश्य भएको बताए ।

सांसद विश्वकर्माले भने, ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था ल्याएका छौँ । व्यवस्था आएको छ, व्यवस्था परिवर्तन भएको छ तर अब हामीले जनताको अवस्था बदल्नका लागि परिवर्तनका निम्ति निरन्तर अभियानमा नै छौँ । यो टुंगिएको विषय छैन । यो अभियानसँग अविच्छन्न रुपमा जोडिएको अर्थ व्यवस्था हो । अर्थात आधारभुत तहका विभिन्न वर्ग समुदायका जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु हो । समाजलाई रुपान्तरित गर्नु हो । राजनीतकि रुपान्तरणको अभियानलाई यससँग जोडेर अघि बढाउनु हो । तसर्थ हामी यो अभियानमा नै छौँ । व्यवस्था बदलियो भनेर हामीले चित्त बुझाएर सन्तोष मानेर बसेका छैनौँ । बस्नु हुँदैन । व्यवस्थापछि अब अवस्था, सामाजिक स्थिति, सांस्कृतिक स्थिति, जनताको समताको सद्भाव मानव मर्यादाको परिस्थिति निर्माण गर्नु मुख्य उद्देश्य हो ।’

सांसद विश्वकर्माले समाज र राष्ट्रलाई समतामुलक र समृद्धशाली बनाउन सबै एकतावद्ध भएर अघि बढ्न जरुरी रहेको बताए ।


प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?