Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

सभापति थापाको टिप्पणीः विद्यालय शिक्षा विधेयक शिक्षक विधेयक जस्तै भयो


काठमाडौँ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा क्षेत्रमा राजनीति हाबी भएको कारण अवस्था शैक्षिक अस्तव्यस्त बनेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयेति एक कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले शिक्षा क्षेत्रमा गुणस्तरीय सुधारको खाका नबनाई सरकारले अन्धाधुन्द निर्णय गर्दै आएको आरोप लगाए । उनले आवेदनकै आधारमा समूदायमा विद्यालयको संख्या थप्ने सरकारको निर्णयले पनि शिक्षामा गुणस्तर आउन नसकेको बताए । उनले शिक्षा, स्वास्थ्य र देश विकासमा कुनै पनि राजनीतिक दलले राजनीति गर्न नहुनेमा जोड दिए । उनले मुलुकको समग्र विद्यालय शिक्षा प्रणालीमा सुधार ल्याउनको लागि विद्यालय शिक्षा विधेयक अघि सारेको पनि बताए । उनले पछिल्लो समय शिक्षा विधेयक शिक्षक विधेयक जस्तो बन्दै गएको टिप्पणी पनि गरे ।

उनले भने, ‘शिक्षा क्षेत्रलाई राज्यले धेरै अगाडी बढाउनुपर्छ भन्ने धारणा राख्यो । तर त्यसको मोडालिटी के हो ? कस्तो गुणस्तर दिएर अगाडि बढ्नुपर्छ भन्ने कुरामा ध्यान दिएन । तलबाट आवेदन आएपछि स्वीकृति दियो । दरबन्दी दिन पर्दैन ? विद्यार्थी छन् कि छैनन् ? राजनीतिक रुपले हामीले शिक्षालाई लथालिंग पारेका छौं । शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, देश विकासमा कुनैपनि राजनीतिक दलले राजनीति गर्ने होइन । यसलाई गतिका साथ अगाडि बढाउने वातावरण सिर्जना गर्नुपर्छ । शिक्षाको अवस्था यस्तो अवस्थामा भएपनि यसको सुधारका लागि विद्यालय शिक्षा विधेयक अगाडि बढेको छ । अहिले पनि महासंघको अध्यक्ष यही हुनुहुन्छ । उहाँसँग सबै सहमति हुन्छ, अन्त गएपछि के हुन्छ थाहा छैन । उहाँहरुका धेरे मागहरु हामीले सम्बोधन पनि गरिसकेका छौं । शिक्षा विधेयक नै अहिले शिक्षक विधेयक भएको छ । आज हामी शिक्षकहरुलाई देशभरका विद्यार्थीप्रति उत्तरदायि बनाउन सकियो, शिक्षकका सेवा सुविधाहरु थप्न सकियो भने मात्र विद्यार्थी असल बन्न सक्छ भन्ने हाम्रो समितिको ठहर छ ।’

शिक्षकहरुलाई विद्यार्थीप्रति उत्तरदायी बनाउन सकेमात्र शिक्षा क्षेत्रको सुधार हुने आफ्नो समितिको ठहर रहेको सभापति थापाको भनाइ छ ।


प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?