Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

मन्त्री मण्डल पुनःगठन गर्नेकुरा सामान्य होः मन्त्री गुरुङ


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री मण्डल पुनःगठन गर्नेकुरा सामान्य प्रक्रिया रहेको बताएका छन् ।

सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा बुधवार उनले यस्तो बताएका हुन् । स्पेन भ्रमणपछि मन्त्रीमण्डल पुनःगठन गर्ने समाचार सञ्चारमाध्यममा आएको थियो नि भन्ने प्रश्नमा उनले मन्त्री मण्डल गठन, पुनःगठन गर्नेकुरा ठूलो कुरा नभएको र प्रधानमन्त्रीले शपथ लिने बेलैमा तपाईंहरुको एक वर्षको कार्यकाल हेरिने र कार्यकाल थपघट गरिने उल्लेख गरेको पनि बताए । एक वर्ष आफूहरुले कुनै दायाँबायाँ नभइ र उत्तारचढाव नभइ बिताएको पनि बताए । सरकारले एक वर्षको समयमा उपलब्धिमुलक कामहरु गरेको र अर्थतन्त्रलाई सही दिशामा ल्याएको र अब दौडिने परिस्थिति निर्माण भएको बताए ।

उनले भने, ‘मन्त्रीमण्डल गठन, पुनःगठन हुने कुरा ठूला कुरा छैन । यो प्रधानमन्त्रीको अधिकारको कुरा हो । हामी अहिले समीकरणमा छाँै । गठबन्धनमा सहमति भयो भने सामान्यतः एक वर्षभित्र मन्त्रीहरुलाई शपथ खुवाउने बेलामा पनि भन्नुभएको थियो । १ वर्षको हो है भन्नुभएको थियो । त्यसपछि तन्किन नि सक्छ, खुम्चिन नि सक्छ भन्नुभएको थियो । एक वर्ष कार्यकाल कम्फरटेबल्ली, बिना दायाँबायाँ, उत्तारचढाव नभइकन सकुशल ल्याण्डिङ गरेका छौँ । सरकारले आफ्नो १२ महिनाको काम राम्रोसँग गरेको छ । हाम्रो अर्थतन्त्र हामी सरकारमा जाँदा जे हालतमा थियो, मुलुक फेल हुनसक्छ भन्ने स्थिति थियो आज सबै कुरा पोजेटिभ भएको छ । यद्यपि हामीले चाहेको अझै भएको छैन । आयात घट्न थालेको छ । निर्यात बढ्न थालेको छ । विकास निर्माणको काम पनि भइरहेको छ । उत्पादन वृद्धिको हिसावले पनि धेरै राम्रो भएको छ । लिकबाट बाहिर गएको अर्थतन्त्रलाई लिकमा फर्काएका छौँ । अब कति स्पिडमा जाने भन्ने हो ।’

मन्त्री गुरुङले बजेटको डुप्लिकेसन बन्द भएको दाबी गरे । बिना अध्ययन योजना राख्ने काम बन्द गएको बताए ।


प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?