Trending
>>   शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना (तस्बिरसहित) >>   बालसंरक्षणमै समर्पित छु, राजनीतिक षड्यन्त्रका आरोप निराधार : इन्दिरा राना >>   अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पले ८ सय बढीको मृत्यु >>   स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक सुरक्षा कोष मातहत नल्याएकोमा अखिल नेपाल ट्रेड युनियन महासंघको आपत्ति >>   मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैनः राष्ट्रपति >>   लिम्पियाधुरामा व्यापारिक मार्ग खोल्ने सम्झौताको कुटनीतिक नोटमार्फत विरोध जनाइसकेका छौँः प्रवक्ता गुरुङ >>   विद्यालय बन्द गराउँदैनौ तर विद्यालय शिक्षा विधेयक सच्चाउनु पर्छः नेशनल प्याब्सन >>   सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छः गृहमन्त्री लेखक >>   राष्ट्रपतिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले रोक्दैनः उपाध्यक्ष पाण्डे >>   भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियोः सांसद विष्ट
Logo
१६ भाद्र २०८२, मंगलवार
१६ भाद्र २०८२, मंगलवार

रक्षा मन्त्रालयमा मानवीर राईको एक वर्षः ७ सुरुङमध्ये एकमा ब्रेक थ्रु, ८९ पुलमध्ये ५ वटा निर्माण सम्पन्न


काठमाडौँ। रक्षामन्त्री मानवीर राईले मन्त्रालय सम्हालेको वर्षदिन पुगेको अवसरमा आफूले गरेका कामहरुको विवरण सावर्जनिक गरेका छन् ।

बुधवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजनागर्दै मन्त्री राईले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको रक्षा मन्त्रीमा नियुक्त भए यता मन्त्रालयमार्फत भएका कामहरुको विवरण सार्वजनिक गरेका हुन् । प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री राईले नेपाली सेनामार्फत भइरहेका विकास निर्माणका आयोजनाहरुमा उल्लेख्य प्रगति भएको दाबी गरे । उनका अनुसार मुलुकका ७७ वटै जिल्ला सदरमुकाममा सडक यातायातले छोएको बताए । उनले मन्त्रालयले विपद्जन्य घटहरुको राहत र उद्धार समेत गर्दै आएको बताए । छिमेकी मुलुकहरुमा शान्ती स्थापना गर्ने सवालमा सबैभन्दा ठूलो शक्ति नेपाली सेना बन्न पुगेको पनि उनको दाबी छ ।

रक्षा मन्त्रालयका सह–सचिव मनोजकुमार आचार्यले आर्थिक वर्ष २०८१÷८२ मा संशोधित विनियोजन १५ अर्ब ३० करोड रुपैयाँ रहेकोमा हालसम्म १३ अर्ब ४६ करोड रुपैयाँ खर्च भइसकेको बताए । उनका अनुसार मन्त्रालयमार्फत भइरहेको आयोजनाहरुको कुल लागत २ खर्ब ११ अर्ब रुपैयाँ रहेको छ । मन्त्रालयअन्तर्गतका विकासे आयोजनाहरुको असार मसान्तसम्मको भौतिक प्रगति ४१.३७ प्रतिशत पुगेको र वित्तीय प्रगति ४२.७४ प्रतिशत रहेको पनि उनले उल्लेख गरे । आचार्यका अनुसार मन्त्रालयअन्तर्गत अन्तर्गत ७ वटा सुरुङ मार्ग निर्माण भइरहेका छन् । तीमध्ये मकवानपुरमा पर्ने एक सुरुङमा ब्रेकथ्रू भइसकेको छ भने बाँकी सुरुङहरू निर्माणको क्रममै छन् । निर्माणाधीन ८९ वटा पुलहरुमध्ये ५० वटा पुलका लागि खरिद सम्झौता भइसकेको मन्त्रालयले जनाएको छ ।

उनले भने, ‘आयोजनाको कुल लागत २ सय ११ अर्ब रुपैयाँ, २०८२ असार मसान्तसम्मको भौतिक प्रगति ४१.३७ प्रतिशत, वित्तिय प्रगति, ४२.७४ प्रतिशत रहेको छ । यो मुविलाइजेसनसहित हो । आर्थिक वर्ष २०८१÷८२ का लागि संशोधित विनियोजित बजेट १५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । आर्थिक वर्षको हालसम्मको खर्च रकम चाँही १३ अर्ब ४६ करोड रहेको छ । आयोजना निर्माणअन्तर्गत जम्मा ७ वटा सुरुङहरुमध्ये मकवानपुरको सुरुङमा ब्रेकथ्रू भएको छ । अन्य सुरुङहरु निर्माणाधीन चरणमा रहेका छन् । आयोजनाअन्र्तग निर्मार्णाधीन अवस्थामा रहेका जम्मा ८९ वटा पुलहरुमध्ये ५० वटा पुलहरुको निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएकोमा हालसम्म पाँच वटा पुलहरुको निर्माण कार्य सम्पन्न भएको स्थिति छ ।’

मन्त्री राईले विकास निर्माणसँगै सुरक्षा निकायहरुलाई सेवा सुविधा थप्ने कुरामा पनि मन्त्रालय प्रतिवद्ध रहेको जानकारी दिए ।


प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?