Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१४ पुष २०८२, सोमबार
१४ पुष २०८२, सोमबार

नेपाल कानून आयोगको सुझावः कानून व्यवसायी परिषद् सम्बन्धी नयाँ ऐन ल्याएको भए उपयुक्त हुन्थ्यो


काठमाडौँ। नेपाल कानून आयोगले नेपाल कानून व्यवसायी परिषद् सम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिएको छ ।

बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा आयोगले सरकारलाई यस्तो सुझाव दिएको हो । आयोगको तर्फबाट बोल्दै आयोगका सहसचिव शंकरबहादुर केसीले मूल ऐनमा नेपाल कानून व्यवसायी परिषद् सम्बन्धी ऐन नै नयाँ ल्याउनुपर्ने आफूहरुको धारणा रहेको बताए । नयाँ ऐन ल्याएको भए उपयुक्त आयोगको सुझाव रहेको उनको भनाइ छ । उनले अनुसन्धान परिषद्को व्यवस्था कसको लागि गर्ने भन्नेकुरामा स्पष्ट हुन जरुरी रहेको बताए ।

उनले भने, ‘नेपाल कानून व्यवसायी परिषद् २०५० मा जम्मा २९ वटा दफा रहेका छन् । २१ दफामा संशोधन आएको छ । यसको टोटल दफा भनेको २९ वटा हो । मूल ऐनमा नेपाल कानून व्यवसायी परिषद् सम्बन्धी ऐन नै नयाँ ल्याउनुपर्ने थियो भन्ने हामीलाई लाग्छ । नयाँ ऐन ल्याएको भए उपयुक्त हुन्थ्यो भन्ने लाग्छ ।’

परिषद्मा १५ जना सदस्य राख्ने कुरा समावेशी र सही रहेको बताए ।


प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?