Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

नेपाल कानून आयोगको सुझावः कानून व्यवसायी परिषद् सम्बन्धी नयाँ ऐन ल्याएको भए उपयुक्त हुन्थ्यो


काठमाडौँ। नेपाल कानून आयोगले नेपाल कानून व्यवसायी परिषद् सम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिएको छ ।

बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा आयोगले सरकारलाई यस्तो सुझाव दिएको हो । आयोगको तर्फबाट बोल्दै आयोगका सहसचिव शंकरबहादुर केसीले मूल ऐनमा नेपाल कानून व्यवसायी परिषद् सम्बन्धी ऐन नै नयाँ ल्याउनुपर्ने आफूहरुको धारणा रहेको बताए । नयाँ ऐन ल्याएको भए उपयुक्त आयोगको सुझाव रहेको उनको भनाइ छ । उनले अनुसन्धान परिषद्को व्यवस्था कसको लागि गर्ने भन्नेकुरामा स्पष्ट हुन जरुरी रहेको बताए ।

उनले भने, ‘नेपाल कानून व्यवसायी परिषद् २०५० मा जम्मा २९ वटा दफा रहेका छन् । २१ दफामा संशोधन आएको छ । यसको टोटल दफा भनेको २९ वटा हो । मूल ऐनमा नेपाल कानून व्यवसायी परिषद् सम्बन्धी ऐन नै नयाँ ल्याउनुपर्ने थियो भन्ने हामीलाई लाग्छ । नयाँ ऐन ल्याएको भए उपयुक्त हुन्थ्यो भन्ने लाग्छ ।’

परिषद्मा १५ जना सदस्य राख्ने कुरा समावेशी र सही रहेको बताए ।


प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?